ताल्चा फोडेर सहकारी संस्थामा लाखौंको चोरी


राजविराज, बैशाख २० । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ बेल्हास्थित अमसोत सामुदायिक कृषि सहकारी संस्था लि. मा शुक्रबार मध्यराती आधा दर्जन ताल्चा फुटाएर चोरी भएको छ ।

चोरले संस्था कार्यालयको मूल ढोकासहित कार्यालय कोठा र दराजका गरि ६ वटा ताल्चा फोडेर नगद र सीसी क्यामराको डिभाइस बक्स गरि ३ लाख भन्दा बढीको सम्पत्ति चोरेर लगेका छन् ।

कार्यालयमा कोही नभएको मौका छोपी मधयरातमा ताल्चा फुटाएर भित्र प्रवेश गरेका चोरले ३ लाख १८ हजार २ सय ९५ रुँपैया नगद तथा सीसी क्यामराको डिभाइस चोरेर लगेको संस्थाकी अध्यक्ष सुमित्रा देवी चौधरीले बताइन् ।

विभिन्न बचतकर्ताबाट संकलित रकम राखिएको दराजको ताल्चा फुटाएर चोरले लगेको संस्थाका लेखापाल अशोक कुमार यादवले बताए । बचतकर्ताबाट संकलित रकम नजिकैको माछापुच्छ«े बैंकमा जम्मा गर्ने गरिएपनि शुक्रबार कार्यालय समयसम्म संकलित रकम बैकमा जम्मा गर्न नभ्याएको र आइतबार बैंक खुलेपछी जम्मा गर्ने सोच बनाएको उनको भनाई छ ।

संस्थाकी कार्यालय सहयोगि कृष्णाकुमारी चौधरीले शनिबार बिहान सरसफाईका लागि आउँदा मात्र चोरी भएको थाहा पाएको बताईन् । त्यसपछी उनले संस्थाकी अध्यक्ष चौधरी र व्यवस्थापक रामी यादवलाई फोन गरेर जानकारी गराएकी थिइन् । “बिहान आउदा मूल गेट देखी कार्यालयको सबै कोठाको ताल्चा फुटेको देखेपछी म त अक्क न बक्क भएँ, उनले भनिन्–तत्कालै अध्यक्ष र व्यवस्थापकलाई फोन गरेर जानकारी गराए ।”

चोरी घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले चोरी घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।प्रहरी नायब उपरिक्षक काफ्लेले संस्थाका कर्मचारीहरुसँग आवश्यक सोधपुछ तथा घटना स्थलको निरिक्षण पश्चात् चोरी कार्यमा संलग्न अपराधीको खोजिकार्य तिब्र बनाइएको जानकारी दिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post