आरसीवी ७ विकेटले बिजयी


रामगाेपालपुर, बैशाख ७ । आईपीएलको ३७ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले पञ्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।

१८ औं सिजनमा आरसीबीले घरेलु मैदान बाहिर लगातार पाँचौं खेल जितेको छ । बेंगलुरुले मुल्लानपुरको महाराजा यादविन्द्र सिंह रंगशालामा बलिङ गर्ने छनौट गर्यो । पञ्जाबले ६ विकेट गुमाएर १५७ रन बनायो । बेंगलुरुले १९ औं ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

आरसीबीका लागि विराट कोहली र देवदत्त पडिकलले अर्धशतक प्रहार गरे। कोहली आईपीएलमा सर्वाधिक ६७ पटक ५० भन्दा बढी स्कोर गर्ने खेलाडी बने। उनले डेभिड वार्नरलाई पछाडि पारे।

क्रुणाल पाण्ड्या र सुयश शर्माले २–२ विकेट लिए । पञ्जाबका लागि प्रभसिमरन सिंहले ३३ र शशांक सिंहले ३१ रन बनाए। अर्शदीप सिंह, हरप्रीत ब्रार र युजवेन्द्र चहलले १/१ विकेट लिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post