
जनकपुरधाम, माघ २७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारमा जाने सम्भावना नरहेको बताउनु भएको छ ।
आज संचारकर्मीहरु संग कुरा गर्दे अध्यक्ष यादवले अहिले सरकारमा जाने अवस्थामा आफुहरु नरहेको बताए ।
अध्यादेश संग जोडेर जसपा नेपाल सरकारमा जाने हल्ला चलि रहेको बेला अध्यक्ष यादवले हामी लाई मन्त्री होइन, जनताको हित मात्र चहिएको बताएका हुन ।
अध्यादेशबारे कहिले निर्णय हुन्छ भनि जिज्ञासामा अध्यक्ष यादवले अध्यादेशबारे आफुहरुले अध्ययन गरि सकेकोले सरकारले कार्यसूचिमा समावेश गरे लगतै आफुहरुको निर्णय सार्वजनिक हुने बताएका हुन । हाम्रो कारणले विधेयक अडकीएको होइन, सरकारले कार्यसूचि बाट हटाएकोले उनकै कारण अडकिएको उनको प्रतिक्रिया थियो ।
सरकारले ल्याएको अध्यादेश दुबै सदनबाट पारित गराउन सकस परेको अवस्थामा सत्तारुढ गठबन्धनले राष्ट्रिय सभामा सहयोग गर्न जसपा नेपाल संग आग्रह गर्दै आएको छ । तर जसपा नेपालले कुनै ठोस निर्णय नदिदा सरकारले अध्यादेश सदनमा प्रस्तुत गर्न सकेको छैन । प्रतिनिधिसभामा दुई तिहाई बहुमतमा रहेको सत्तारुढ गठबन्धन राष्ट्रसभामा भने अल्पमत छन ।