• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी


जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी
जनकपुर। रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएका छन् । पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा सुरु भइसकेको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षिय बैठक गरिएको जानकारी दिए । विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए ।

विवाह पञ्चमी महोत्सवमा जन्ती आउन अयोध्याका सन्तमहन्तलाई आमन्त्रण गर्न आगामी मङ्सिर १ गते जानकी मन्दिरबाट तिलक लगिने भएको छ । हरेक पाँच वर्षमा सीताराम विवाह महोत्सवको अवसरमा अयोध्याबाट जन्ती आउने गरेको छ । मिथिलामा जन्ती आउनुभन्दा अगावै बेहुलालाई तिलक चढाउने चलन छ । त्यस परम्परालाई निर्वाह गर्दै जानकी मन्दिरले अयोध्या तिलक पठाउने तयारी गरेको महन्थ दासले जानकारी दिए ।

विवाह महोत्सवमा जन्तीको निम्तोका लागि तिलक लिएर जान मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह इच्छुक देखिएका छन् । यद्यपि मुख्यमन्त्री सिंहले तिलकमा अयोध्या जाने विषयमा निर्णय भइनसकेको बताए । उनले तिलकको अगुवाइ गर्न आफूलाई आग्रह गरिएको भएपनि त्यस सम्बन्धमा भारतीय पक्षबाट औपचारिकता पूरा भएपछि निर्णय लिने बताए । आगामी दुई/तीन दिनभित्रै यस सम्बन्धमा निर्णय लिने मुख्यमन्त्री सिंहले जनाए ।

हालसम्मको तयारीअनुसार जानकी मन्दिरले पठाउने तिलकको नेतृत्व उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले गर्नेछन् । तिलकमा दाससँगै विभिन्न मठमन्दिरका साधुसन्त, सामाजिक र धार्मिक क्षेत्रमा सक्रिय स्थानीय बासिन्दाको सहभागिता रहने बताइएको छ । तिलकका लागि अयोध्याबाट विश्व हिन्दू परिषद्का प्रतिनिधिले तिलकका सहभागीको स्वागत सम्मान गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरबाट जन्ती ल्याउन आमन्त्रण ठाकुर (हजाम) द्वारा निम्तो पठाइएको जानकी मन्दिरका महन्त दास वैष्णवले बताए ।

अयोध्याबाट जन्तीको अगुवाइ राम मन्दिर ट्रष्टका सचिव सम्पत्त रायले गर्ने बताइएको छ । जन्तीमा मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषिकेषका महन्त डा. रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्यमहन्तलगायत ५०० बढीको सहभागिता रहने बताइएको छ ।

मंसिर २१ गते सीताराम विवाह महोत्सवको मूल समारोह हुनेछ । त्यसमा अयोध्याबाट आउने जन्तीको सहभागिता रहनेछ । अयोध्याबाट प्रस्थान गर्ने जन्तीको मार्ग, समय र रात्रि विश्रामस्थल निर्धारण गरिएको छ । अयोध्याबाट मङ्सिर ११ गते जन्ती प्रस्थान गर्नेछ । कारसेवकपुरम अयोध्याधामबाट बिहान साढे ८ बजे प्रस्थान गर्ने जन्ती गुसाइकुञ्ज, अम्बेडकर नगर, बसखारी हुँदै रात्रि विश्राम आर्यमगढ (आजमगढ) मा हुनेछ ।

दोस्रो दिन जन्ती आर्यमगढबाट मऊ, रसडा, फैफना कारो हुँदै रात्रि विश्राम बिहार राज्यको बक्सरमा हुनेछ । तेस्रो दिन बिहान बक्सरबाट प्रस्थान गरी ब्रम्हा स्थान चौराहा, आरा, बिहटा, दानापुर हुँदै रात्रि विश्राम पाटली पुत्र पटनामा हुनेछ । चौथो दिन पटनाबाट हाजीपुर वैशाली हुँदै काँटीमा रात्री विश्राम हुनेछ । त्यस दिन दिवा विश्रामको स्थान टु्ङ्गो लागेको छैन ।

पाँचौँ दिन शाँटीबाट प्रस्थान गर्ने जन्ती शिवहर, रुन्नी सैदपुर हुँदै सीतामढीको पुनौराधाममा रात्रि विश्राम गर्ने छ । छैटौँ दिन सीतामढीबाट पुपरी, अहिल्यास्थान हुँदै बेनीपट्टीमा रात्रि विश्राम हुनेछ । सातौँ दिन बेनीपट्टीबाट बासोपट्टी, विसौल, फुलहरहुँदै रात्रि विश्राम मधवापुर मटिहानीमा हुनेछ ।

आठौँ दिन मङ्सिर १८ गते जन्ती मटिहानीबाट जलेश्वर, पिपरा हुँदै साँझ नगरदर्शन गरी मिथिलापुरी जनकपुरधाममा विश्राम गर्नेछ । नवौँ दिन जन्ती सीताराम विवाह महोत्सवको अवसरमा मङ्सिर १९ गते अपराह्न २ बजे राम मन्दिरमा आयोजना हुने तिलकोत्सवमा सहभागी हुनेछ ।

मङ्सिर २० गते १०औँ दिन जन्ती बिहान धनुषाधामको दर्शन र दिउँसो गङ्गासागरमा आयोजना हुने मटकोर समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । यस्तै ११ औँ दिन मङ्सिर २१ गते सीताराम विवाह महोत्सवको मूल समारोहमा आयोजना हुने बाह«बिघा (रङ्गभूमि) मा आयोजना हुने स्वयंवर, त्यस पश्चात नगर भ्रमण र रात्रिकाल विवाह महोत्सव समारोहमा जन्ती सहभागी हुनेछ ।

यसैगरी १२ औँ दिन बिहान जानकी मन्दिर परिसरमा सीताराम महाभिषेकम् (५१ तीर्थस्थलको जलबाट अभिषेक) गरिने र रामकलेवा (बिदाइ भोज) मा सहभागी भइ रात्रि सामूहिक विवाह कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ । तेह्रौ दिन जन्ती बिहान जनकपुरधामबाट अयोध्याधाम फर्कने छ ।

पिपरा, मनरा, मलंगवा हुँदै धनकौलमा स्वागत र रात्रि विश्राम वीरगञ्जको मौलीपुरमा हुनेछ । चौधौँ दिन जन्ती बिहान वीरगञ्जबाट प्रस्थान गरी मोतिहारी बाइपास, गोपालगञ्ज, कुशीनगर हुँदै गोरखपुर अयोध्याम पुग्नेछ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

२४ कार्तिक २०८१, शनिबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

२४ कार्तिक २०८१, शनिबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

२४ कार्तिक २०८१, शनिबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

२४ कार्तिक २०८१, शनिबार
Next Post
चुरेको फेदमा अवस्थित ऐतिहासिक कमलदह मेलाको सम्पूणर् तयारी पुरा

चुरेको फेदमा अवस्थित ऐतिहासिक कमलदह मेलाको सम्पूणर् तयारी पुरा

एमाले परित्याग गरि जसपा,नेपालमा प्रवेश

एमाले परित्याग गरि जसपा,नेपालमा प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh