• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मिथिलाञ्चल सहितका क्षेत्रमा चारदिन सम्म मनाईने निष्ठाको पर्ब छठ आजदेखि सुरु


मिथिलाञ्चल सहितका क्षेत्रमा चारदिन सम्म मनाईने निष्ठाको पर्ब छठ आजदेखि सुरु

Jabalpur: Devotees offering prayers to the sun God on the occasion of Chhath Puja at the bank of Narmda River in Jabalpur on Thursday. PTI Photo (PTI10_26_2017_000157A)

गोपाल झा

महोत्तरी ,कात्तिक, २० गते

मिथिलाञ्चलसहितका क्षेत्रमा निष्ठा पुर्बक मनाइने चारदिने छठपर्ब आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । थिलाञ्चलसहितका क्षेत्रमा चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आज मंगलबारदेखि मधेशको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत भारतको बिहारमा समेत धुमधामका साथ सुरु भएको हो ।

       छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, पिपरा, सम्सी, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, एकडारा, सोनमा, रामगोपालपुर, बलवा, महोत्तरी र भङ्गाहाका सम्पूणर् सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा ती पालिका भएर बग्ने जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदै आइएको रहेको छ ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको मान्यता छ ।

          धार्मीक सास्त्रका जानकारहरुको अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज मंगलबार व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । त्यस्तै, पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवतालाई सखर गुणको  खिर पकाएर नैबेद्य स्वरुप चढाएर पूजा गर्नेछन् र राति अरवा अरबाईन (विनानुन हालेको) खिर खाने चलन छ ।

त्यस्तै, षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठेकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा बाँसबाट तयार गरीएको नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूणर् सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारीत जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

     षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् । त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनः जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न गर्नेछन् ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । त्यस बेला पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । यता सूर्य पुराणअनुसार सर्वप्रथम महर्षी अत्रीकी पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा विकसित छठ पर्व हिन्दूहरुको सँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० सम्म पुर्‍याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरु गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रशन्न हुने जनविश्वास रहेको छ ।

पहिलापहिला मधेसको जिल्लामा मात्रै मनाइने छठ पर्व अहिले देशको सङ्घीय राजधानी काठमाडौंसहित देशको प्रमुख सहर पोखरा, नारायणघाट, धरान, इटहरीलगायतका स्थानमा पनि धुमधामका साथ मनाउन थालिएको हो ।

      यता महोत्तरीको बिभिन्न गाँउमा रहेका निजी पोखरीहरुमा मछा पालनको ब्याबसायीक खेती गरीरहेको र सार्बजनीक पोखरीहरु स्थानिय सरकारको उदासिनताका कारण संरक्षण न हुँदा पोखरीहरुमा उम्रीएका

झारपात तथा फोहर भएका पानीमा ब्रतालुहर मmण्डै एक घण्टा साँमm र दुई घण्टा बिहान उभेर सुर्यदेबताको अर्घ अर्पण गर्न बाध्य भएका छन् । सरसफाई तथा संस्कृतलिाई सम्बर्धन तथा संरक्षण गर्ने स्थानिय सरकारको दाईत्व रहेको छ । तर यसपाली स्थानिय सरकार धार्मीक साँस्कृतीक लगायतका समाजिक बिकासका कुनै कार्य न गर्दा स्थानिय सर्बसाधारण निष्ठाको पर्ब छठ जस्ता पर्ब सडेगलेका फोहर पानीमा उभेर पर्ब मनाउन बाध्य रहेका छन् ।

महोत्तरीका बिभिन्न स्थानियतहहरुमा साँस्र्कृतीक तथा धार्मीक पर्बहरुलगायतका संरक्षण सम्बर्धनकोलागी प्रत्येक आर्थीक बर्षमा बजेट छुटयाईएको हुन्छ तर त्यो बजेट कागजमा मात्रेै सिमति हुँदा पर्बत्योहारको रोनकता तथा हौसलामा ह्रासहुँदै गएको हुनाले यस प्रती सम्बन्धति मन्त्रालय सहितका निकायहरको ध्यान जानु आबसयक रहेको देखीन्छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

२० कार्तिक २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

२० कार्तिक २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

२० कार्तिक २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

२० कार्तिक २०८१, मंगलवार
Next Post
छठपर्वका सामग्री जुटाउन ब्रतालुहरु ब्यस्त

छठपर्वका सामग्री जुटाउन ब्रतालुहरु ब्यस्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित ३ जना विदेशी नागरिक पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh