१७ कात्तिक, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले क्यानडा सरकारले भारतका कुटनीतिज्ञहरूको अडियो-भिडियोमार्फत् निगरानी गरिरहेको आरोप लगाएका छन् ।
शनिबार आयोजित मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता जायसवालले क्यानडाली सरकारले आफ्ना वाणिज्य दूतावासका केही कर्मचारीहरूलाई उनीहरूको अडियो र भिडियो निगरानी भइरहेको र यो क्रम जारी रहने भनेर सूचित गरेको जिकिर गरे ।
‘उनीहरूको कुराकानीमा पनि अवरोध पुर्याइएको छ । हामीले औपचारिक रूपमा क्यानडाली सरकारसमक्ष यसको विरोध जनाएका छौं’ उनले भने, ‘किनकि यी कार्यहरू राजनीतिक तथा वाणिज्यदूत सम्झौताहरूको उल्लंघन हो ।
प्राविधिक कुराहरूको आधारमा क्यानडाली सरकारले यो तथ्यलाई जायज ठहर्याउन नसक्ने उनले तर्क गरे । ‘उनीहरू उत्पीडन र धम्कीमा संलग्न छन्, हाम्रा राजनीतिक तथा वाणिज्यदूत कर्मचारीहरू पहिले नै उग्रवाद र हिंसाको वातावरणमा काम गरिरहेका छन् ।
प्रवक्ता जायसवालले अगाडि थपे, ‘क्यानडा सरकारको यस कार्यले स्थिति झनै बिग्रन्छ र स्थापित राजनीतिक मापदण्ड तथा प्रचलनहरूसँग मेल खाँदैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !