• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पाँचदिन सम्म मनाईने हिन्दूधर्माम्बलम्बीहरुको ठुलो पर्ब दिपावली सुरु, आज धनतेरस


पाँचदिन सम्म मनाईने हिन्दूधर्माम्बलम्बीहरुको ठुलो पर्ब दिपावली सुरु, आज धनतेरस

गोपाल झा

महोत्तरी , कात्तिक १३ गते ,मंगलबार

हिन्दूधर्माम्बलम्बीहरुले पाँच दिन सम्म मनाईने दोस्रो ठूलो पर्ब यमपञ्चक अर्थात् तिहार दिपावली आजदेखि आरम्भ भएको छ । मंगलबार बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको नेपाल पञ्चाङ्ग निणर्ायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि रहेकोले यस पर्बलाई यमपञ्चक भनिन्छ ।

         आज घनतेरसका दिन बिभिन्न सहर बजारहरुमा सुन , चाँदी , असर्फी त्यस्तै भाडा बर्तन र झारु  कुचो खरीद गर्ने परम्परा रहेकोले बजारहरुमा यी सामानहरु किनमेल गर्नेको भिड देखीएको छ ।

निणर्यक समितिले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनु पर्ने र यस वर्ष यमदीपदान भने भोलि बुधबार देखि सुरु हुने जनाएको छ । त्यस्तै काग तिहार पनि बुधबार नै परेको बताईएको छ । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमको यातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहदैँ आएको छ ।

        त्यस्तै धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको छ । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद्हरुले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नर्क स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ र बेलुकी लक्ष्मीपूजा गरीने छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिने छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

     कात्तिक १५ गते दिउँसो ३ बजेर १४ मिनेट सम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गरीने छ । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी ५ बजेर १५ मिनेट सम्म रहेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन ।

गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, र बलीपूजा पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । त्यस्तै प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ ।

यता तिथि मितिका अनुसार कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११–३७ बजे भाइटीकाको शुभ साइत रहेको छ ।

        झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि महोत्तरी सहीतका सहर बाजारहरुमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेका छन् । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूणर्िमा अर्थात् कोजाग्रत पूणर्िमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूणर्िमामा लक्ष्मीको पूजागरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिनेक्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ ।

      यता सुरक्षाको दृष्टीकोणले दीपावली अर्थात् तिहार पर्वका अवसरमा विकृतिका रुपमा फैलिएको बिस्फोटक पदार्थए पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ ।

      तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरे पनि पड्क्न भने छोडेको छैन । प्रत्येक वर्ष प्रहरीले एक साताअघिदेखि नै पटाका नपड्काई सभ्य रुपमा दोस्रो चाड तिहार मनाउन आह्वान गर्ने गरेको छ ।

        दिपाबली र छठ पर्बको अबसरमा जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सांसद सरोज सिहं कुश्वाहा, तथा पुर्ब स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादव र प्रदेश अभियन्ता रामनरेश रायले आम सर्बसाधारणमा हिन्दुहरुको महान पर्व दिपावली, तथा छठ पर्बको शुभकामना ब्यक्त गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

१३ कार्तिक २०८१, मंगलवार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

१३ कार्तिक २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

१३ कार्तिक २०८१, मंगलवार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१३ कार्तिक २०८१, मंगलवार
Next Post
सम्सी  गाउँ पालिकामा जनता संग जसपा नेपालको अभिमुखिकरण कार्यक्रम सम्पन्न

सम्सी गाउँ पालिकामा जनता संग जसपा नेपालको अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेता कार्यकर्ताले पार्टी छाड्न थालेपछि गम्भीर समीक्षामा जनमत पार्टी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh