• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

माओवादी,रास्वपा र राजावादी समूहले काठमाडौँमा छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै


माओवादी,रास्वपा र राजावादी समूहले काठमाडौँमा छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै

काठमाडौँ ।  शनिवार काठमाडौँमा दुई राजनीतिक दलका साथै राजावादी समूहले सडक प्रदर्शन गर्दैछन् । नेकपा माओवादी केन्द्रले सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध विशेष ‘खबरदारी सभा’ गर्दैछ ।

बिहान साढे ११ बजे माओवादीका कार्यकर्ताहरूले भद्रकाली, सुन्धारा, काठमाडौँ मल अगाडि भेला भई ती स्थानबाट जुलुस निकाल्दैछन् । जुलुसले रत्नपार्क, बागबजार, पुतलीसडक, र पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकसम्म प्रदर्शन गर्ने तयारी छ ।

राष्ट्रिय सभागृह अगाडिको सडकमा सभास्थल बनाइएको छ । जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलका सभापति रवि लामिछानेलाई सरकारले झुठा मुद्दामा फसाएको भन्दै माइतीघर मण्डला केन्द्रित भई विरोध प्रदर्शन गर्दैछ । आजै सो दलले पोखरा र भरतपुर चितवनमा पनि विरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।

यस्तै आजै काठमाडौँमा राजावादी समूह ‘शाही युवा शक्ति, नेपाल’ ले गणतन्त्रको विरुद्धमा प्रदर्शन गर्दैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सिंहासन राख्न आह्वान गर्दै गोङ्गबु बसपार्कबाट नारायणहिटी राजदरबारसम्म र्‍यालीको आयोजना गर्दैछ ।

‘गणतान्त्रिक व्यवस्था खारेज गरौँ, ज्ञानेन्द्र सरकारको तेस्रो पटक राज्यारोहणका लागि जनदबाब सिर्जना गरौँ’ भन्ने नाराका साथ हुने यो र्‍यालीमा राष्ट्रिय झन्डासहित विरोध र्‍याली हुँदैछ । गोङ्गबु बसपार्कबाट र्‍याली सुरु गरी नारायणहिटी राजदरबारसम्म  प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

१० कार्तिक २०८१, शनिबार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

१० कार्तिक २०८१, शनिबार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

१० कार्तिक २०८१, शनिबार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१० कार्तिक २०८१, शनिबार
Next Post

इरानमा इजरायली आक्रमणपछि इराकको सबै विमानस्थल बन्द

अक्टोबर १ को बदला : ईरानमा इजरायलको हवाई आक्रमण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh