महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं.- २ का वडाअध्यक्ष मुकेश कुमार यादवको हत्या आरोपमा दुई आरोपीलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षको लागि थुनामा पठाएको छ । ईजलास नं. ४ मा भएको थुनछेक बहस पछि न्यायाधीश नवराज दुलालको एकल ईजलासले औरही नगरपालिका-७ निवासी संजिव झा र दिलिप कुमार मण्डललाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
गत भदौ ९ गते जलेश्वर बर्दिवास सडक खण्डमा पर्ने बर्दिवास-८ स्थित कल्भर्ट नजिकै वडाअध्यक्ष यादव मृत अवस्थामा फेला परेका थिए । वडाअध्यक्ष यादवकाे मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरेका थियाे । प्रहरीकाे अनुसन्धान पश्चात दुवै आरोपीलाई नियन्त्रणमा लिई अदालतमा पेश गरेको थियो ।
जिल्ला अदालत महोत्तरी कि श्रेस्तेदार नुतन झाले सोमबार बयान भएको र मंगलवार बहस पछि पुर्पक्षमा राख्न न्यायाधीशले आदेश दिएको जानकारी दिइन् । पीडित पक्षबाट सोमवार र मंगलवार अदालतको मुख्य गेट अगाडि धर्ना समेत दिइएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !