• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पार्टी कार्यालय स्थापना गर्न दातालाई सिके राउतको यस्तो अफर


पार्टी कार्यालय स्थापना गर्न दातालाई सिके राउतको यस्तो अफर

सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले आफ्नो पार्टी कार्यालय स्थापनाका लागि अक्षयकोष स्थापना घोषणा गरेको एक वर्षभन्दा बढी भएको छ ।

जनमत पार्टीको केन्द्रीय सचिवालयको २०८० असार ३ र साउन १ गतेको बैठकले पार्टीको स्थायी भवन संरचनाका लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरेको थियो । निर्णयमा जनमत पार्टीले दाताहरूका लागि विभिन्न अफर समेत ल्याएको थियो ।

जसअनुसार पुरै भवन संरचना निर्माण गरिदिएमा दाताकै नामबाट भवनको नामकरण हुने भनिएको थियो । तीन करोड भन्दामाथि दान दिएमा सम्बन्धित दाताको नामबाट सभा र बैठक कक्षहरू नामकरण हुने, एक करोडमाथि दान दिने दाताको नामबाट कक्षहरू नामकरण हुने, १० लाखमाथि दान दिने दाताको नामअंकित शिला देखिने गरी राखिने समेत जनमतले बताएको थियो । यस्तै एक लाखमाथि दान दिने दाताको नाम साइनबोर्डको सूचीमा राखिने अफर जनमत पार्टीले दिएको थियो ।

२०८० साउन ४ गते सो पार्टीका प्रवक्ता डा.शरतसिंह यादवले जारी गरेको विज्ञप्तिमा अक्षयकोषको पैसा ‘मल्टिपल हल’ र पार्किङ सुविधा सहितको पार्टी कार्यालयको स्थायी भवन संरचना प्रयोजनको लागि मात्रै प्रयोग गरिने उल्लेख गरिएको छ ।

त्यो विज्ञप्तिमा यी दाताहरूका लागि अफरको घोषणा गरिएको कुरा उल्लेख गरिए पनि जग्गा दातालाई आउने चुनावमा समानुपातिक सांसद बनाउन प्राथमिकतामा राख्ने अफरको कुरा उल्लेख गरिएको छैन । तर सांसद बनाउने सो अफर अध्यक्ष राउतले आफ्नो फेसबुकमार्फत घोषणा गरेका थिए ।

अहिले अक्षयकोषको विषय कहाँ पुग्यो भन्ने  प्रश्नमा सो पार्टीका उपाध्यक्ष अब्दुल खानले यसबारेमा आफूलाई जानकारी नभएको बताए । ‘कति रकम जम्मा भएका छ छ, त्यसबारेमा मलाई अहिले केही जानकारी छैन’, उनले भने । खानले बैठक बसेपछि त्यहाँबाट आफूले जानकारी लिने बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

२९ आश्विन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

मधेसका पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२९ आश्विन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त

२९ आश्विन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

काम नसकिंदै करेन्ट छाड्दा    सर्लाहीकाे बिजुली    कामदारको मृत्यु

२९ आश्विन २०८१, मंगलवार
Next Post

जसपा नेपालले यसै वर्ष आफ्नो भवन निर्माण थाल्ने

पार्टी कार्यालय बनाउन प्रभु साहले मागे मीनबहादुरसँग जग्गा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh