गोपाल झा
महोत्तरी , असोज २८ गते
रामगोपालपुर नगरपालिका – ६ मा निर्माण भएको सामुदायिक भवन एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ ।
रामगोपालपुर नगरपालिका वडा न ६ बिस्वम्भरपुरमा एक कार्यक्रमकाबिच मधेस प्रदेशका प्रदेश सांसद तथा पुर्ब आन्तरीक मामिला तथा काकुन राज्य मन्त्री सरोज सिंह कुशवासंगै पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले सोमबार समुदायिक भवनको उद्घाटन गरेका हुन् ।
उक्त भवन मधेश प्रदेश सामाजिक विकास इकाई कोषबाट दुई कोठे पक्की भवन २० लाखको लागतमा निर्माण भएको बताउँदै समान्य जनताहरुको विभिन्न किसिमका समुदायिक कामकाजहरुकालागी यस भवनको निर्माण भएको सांसद कुश्वाहाले बताएका हुन् ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेश सांसद एबम\ पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री कुशवाहाको उपस्थितमा प्रमुख अतिथि डा सुरेन्द्र कुमार यादवसमेतले संगै उक्त समुदायिक भवनको उदघाटन गरेको हो ।
उदघाटन कार्यक्रममा अतिथि राम गोपालपुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष शिव जि महतो,जसपा नेता सुरेश यादव,बिजय कुमार यादव, लगायत दर्जनौ सर्बसाधाराण नागरिक समाज र युवाहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा उपस्थित स्थानियहरु माननिय कुश्वाहा जनताको आबस्यक पुर्बाधार लगाय शिक्षा स्वास्थ्य र कृषी क्षेत्रमा तदारुकताका साथ काम गर्दै आईरहेकोमा धन्यबाद दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !