रामगाेपालपुर, आज रामगाेपालपुर बजारमा दुर्गा पुजाकाेलागि कलश स्थापना कार्यक्रम सम्पन्न भएको छ ।रामगाेपालपुर बजारमा दुर्गा मन्दिरको प्राङ्गणमा हजाराैकाे संख्यामा कुमारी कन्या (अविवाहित किशोरी)द्वारा कलश स्थापना गरिएको छ । आज वडादशैको पहिलो दिन घटस्थापनाको अवसरमा साैतिनीया पाेखरीकाे घाटमा जल भरेर ल्याएका पूर्ण कलश मन्दिर परिसर मन्दिरको प्राङ्गणमा सिञ्चित गरिएको छ ।नगरपालिकाकै वडा नम्बर ३ बजारभन्दा दक्षिण रहेकाे साैतिनीया पाेखरीकाे तटमा पुगि पवित्र जलसहितको पूर्ण कलश दुर्गा मन्दिरको प्राङ्गणमा राखिएको छ । अरु बर्ष भन्दा यसबर्ष कलश स्थापनामा वृद्धि भएका छन । दुर्गा पुजाकाेलागि निकालिएका कलश यात्रा शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।
दुर्गा मन्दिरकाे प्रांगनबाट शुरु भएको विशाल कलशयात्रा बिच बजार हुँदै साैतिनीया पाेखरीमा पुगि जल भरी पुनः दुर्गा मन्दिरमा कलश स्थापना गरि सम्पन्न भएको थियो ।
कलश कार्यक्रम सम्पन्न भए लगतै कुमारी कन्याहरुलाई खाजाको व्यवस्थापन गरेका थिए कन्याकुमारीहरुलाई सहजै वातावरणमा प्रदान गरेका थिए । आजको कलश भराई कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यसै गरी सबै मिलिजुली दुर्गाजीको पूजाआजामा साथ र सहयोग पाउने अध्यक्ष मण्डलले बताए ।
कलश स्थापना भए लगतै बजारमा भक्तजनहरुको भिडभाड बढेको दुर्गा पुजा समितिका अध्यक्ष रामबाबु मण्डल वकिलले बताए । समितिका अध्यक्षले बजारमा लाग्ने दशैं मेलामा विभिन्न किसिमको मनोरंजनात्मक कार्यक्रमको व्यवस्थापन गरिएको बताए ।