सम्सी गाउँपालिकामा पि सि सि सडक ढलानकाे शिलान्यास गरिएको छ ।महाेतरी क्षेत्र न ४ख काे सांसद सराेज सिंह कुश्वाहाले महाेतरीकाे सम्सि गाउँपालिका वडा न ३लक्ष्मिनिया बैरगिमा शिलान्यास गरिएकाे छ ।मधेश प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहाले पि सि सि सडक ढलानकाे शिलान्यास गरिएको हो। पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरुलाइ असाढकाे महिनामा आवत जावत गर्न समस्या भइरहेकाेले साे कार्यकाे थाल्नि गर्नलागेकाे बताएकाे छ । आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक बिकास मन्त्रालयको बजेटबाट सडक ढलान गराउन लागेको बताए।लक्ष्मिनिया देखि गैढा भेटपुरसम्म जाने बाटाेमा लक्ष्मिनिया देखि १५०मिटिर लम्बाइ र १८फिट चाैडाइ सम्म पि सि सि सडक ढलान काे शिलान्यास गरेकाे छ ।२०लाखको लागतमा ढलान हुन लागेको कुश्वाहाले बताए। सडक ढलान भएपछि आवश्यक्ता अनुसार गरीव जनतालाई सहज हुनुकाेसाथै सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बता एक गाउँबाट मुख्य सडकसम्म जन सम्या हुँदै गइरहेकाे समयमा उक्त सडक ढलानले स्थानियहरु खुशि भएका छन । उक्त कार्यक्रममा यश वडाका वडा अध्यक्षअतिकुल रहमान जसपा नेता असगर अंसारी,विशेश्वर साहलगायत स्थानियहरुकाे उपस्थिति रहेका थिए ।