• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनसम्बन्धी प्रावधान निस्तेज पारेकाेले जनता समाजवादी दल फुटेर बनेको नयाँ दलको वैधताका विषयमा अन्यौलता


जनता समाजवादी पार्टी फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई समूह निर्वाचन आयोगमा

२४ वैशाख, काठमाडौं । जनता समाजवादी दल (जसपा) फुटेर बनेको नयाँ दलको वैधताका विषयमा अन्यौल देखिएको छ ।
आइतबार अशोक राई समूहले निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नामक दल दर्ता गर्न निवेदन दिएका छन् । जसपाबाट निर्वाचित प्रतिनिधिसभाका १२ मध्ये ७ सांसद नयाँ दलतिर खुलेका छन् । कार्यकारणी समितिका ९ र केन्द्रीय समितिका २७ जना पनि नयाँ दलको पक्षमा खुलेको सांसद प्रदीप यादवले जानकारी दिए ।
तर निर्वाचन आयोग भने अहिले दल विभाजन सम्बन्धी कानुन नै नभएकाले के गर्ने भन्ने अन्यौलमा छ ।
‘राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनसम्बन्धी प्रावधान निस्तेज पारेर तीन वर्षअघि अध्यादेश जारी गरिएको थियो । अहिले न त्यो कानुनी प्रावधान छ, न अध्यादेशको अस्तित्व नै छ’, निर्वाचन आयोगका एक उच्च पदस्थ कर्मचारीले भने, ‘अहिले दल विभाजनसम्बन्धी कानुनी व्यवस्था रिक्त (भ्याकुम) भएकाले त्यो निवेदन के गर्ने भन्नेबारे अन्यौल छ ।
एमालेमा केपी शर्मा ओली र माधव नेपाल समूहको विवाद उत्कर्षमा पुगेका बेला तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश जारी गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा कुनै राजनीतिक दलको केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत हिस्सा हुने समूहले दल विभाजन गरी नयाँ दल दर्ता गर्न पाउने कानुनी व्यवस्था थियो
तर एमालेबाट माधव–झलनाथ समूहलाई अलग हुन सहज हुने गरी देउवा सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतले नयाँ दल बनाउन सक्ने गरी अध्यादेश ल्यायो । त्यसकै आधारमा माधव नेपाल समूह एमालेबाट फुटेर एकीकृत समाजवादी गठन भयो ।
अध्यादेश जारी भएपछि संसदको अधिवेशन सुरु हुने पहिलो दिन त्यससम्बन्धी विधेयक सदनमा पेश गर्नुपर्छ । बैठक सुरु भएको ६० दिनभित्र अध्यादेशको प्रतिस्थापन विधेयक पारित नभए अध्यादेश निष्कृय हुने संवैधानिक व्यवस्था छ । त्यो विवादित अध्यादेश संसदमा पेश भयो, तर सरकारले प्रतिस्थापन विधेयक ल्याएन ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ (२) ब्यूँताउन पछिल्लो समय सरकारले नयाँ विधेयक ल्याएको छ ।
तर यो विधेयक संसदमा विचाराधीन रहेकाले कुनै दल फुटेर अर्को दल बन्न निवेदन दिएमा के गर्ने भन्ने अन्यौल छ । आयोगका ती अधिकृत भन्छन्, ‘अहिले न अध्यादेश कार्यान्वयनमा छ, न अध्यादेशले विस्थापित गरेको कानुनी व्यवस्था (राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३(२)) नै अस्थित्वमा छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले भने यसबारे बुझेर मात्रै भन्न सक्ने प्रतिक्रिया दिए ।
अधिवक्ता बाबुराम दाहाल पनि अहिले कुनै दल फुटेर नयाँ दल दर्ता गर्न खोजे कानुनी अन्यौलता हुने बताए ।
‘हिजो सरकारले एमाले फुटाउनका लागि जारी गरेको अध्यादेशले ल्याएको रिक्तता अहिलेसम्म कायम छ’, उनले भने, ‘सबै परिस्थिति मूल्यांकन गरेर निर्वाचन आयोगले एउटा निर्णय गर्ला, असन्तुष्ट पक्ष अदालतमा गएर नै विवाद टुंगो लाग्ने देखिन्छ ।’
नयाँ दल दर्ताका लागि निवेदन दिएकामध्ये एक राजेन्द्र श्रेष्ठ भने अध्यादेश अनुसार बनेको नियमावली राजपत्रमा प्रकाशित भएको र त्यसअनुसार नै आफूहरुको दल दर्ता हुनुपर्ने बताउँछन् ।
मुल ऐन वा अध्यादेश खारेज हुँदा पनि नियमावली खारेज नभएको नजीर रहेको भन्दै उनले भने, हामीले त्यसकै आधारमा नयाँ दल दर्ताको निवेदन दिएका हौं ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहाल ऐन विस्थापित हुने गरी जारी भएका अध्यादेश निष्कृय हुनासाथ पुरानो कानुनी व्यवस्था सकिन नहुने बताउँछन् ।
‘यसअघि संवैधानिक परिषदसम्बन्धी ऐनमा यस्तै भएको थियो, राजनीतिक दलसम्बन्धी ऐनमा पनि अध्यादेशका कारण केही रिक्तता छन्’ उनले भने, ‘विस्थापित भएको कानुनी व्यवस्था संसदबाट विधेयक पारित नगर्दासम्म सक्रिय हुँदैन ।’ढढढ
यद्यपि कुनै दल फुटाउन केन्द्रीय समिति र संसदीय दलमा अनिवार्य ४० प्रतिशत हिस्सा हुनुपर्ने वा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरुले पनि पार्टी फुटाउन सक्ने कुन चाहिँ अस्तित्व रहन्छ भन्ने अन्यौल हुनसक्ने उनले बताए ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

२३ बैशाख २०८१, आईतवार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

२३ बैशाख २०८१, आईतवार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

२३ बैशाख २०८१, आईतवार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

२३ बैशाख २०८१, आईतवार
Next Post
पूर्व मन्त्री कुश्वाहाले गरे सडककाे शिलान्यास

पूर्व मन्त्री कुश्वाहाले गरे सडककाे शिलान्यास

राज्यमन्त्री कार्कीले भनेः म कुनै गुटमा छैन, उपेन्द्र यादवतिरै छु

राज्यमन्त्री कार्कीले भनेः म कुनै गुटमा छैन, उपेन्द्र यादवतिरै छु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh