रामगोपालपुर नगरपालिकामा सामुदायिक भवनको शिलान्यास गरिएको छ ।सांसद कुश्वाहाले महाेतरीकाे रामगाेपालपुर नगरपालिका ८ बिरतामा मधेश प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहाले सामुदायिक भवनको शिलान्यास गरिएको हो। पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरुलाइ समुदायिक कामकाेलागि सुविधायुक्त भवनको आभाव भइरहेकोले आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक बिकास मन्त्रालयको बजेटबाट भवन निर्माण गराउन लागेको बताए। उक्त भवन १काेठे भवन २५लाखको लागतमा निर्माण हुन लागेको कुश्वाहाले बताए। सामुदायिक भवन निर्माण भएपछि आवश्यक्ता अनुसार गरिव जनतालाई अस्थायी बसोबास गर्न तथा सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बता। भवन सम्पन्न भएपछी जनताहरुलाइ भवन उपयाेग गर्न सहज समेत हुने छ । उक्त शिलान्यास कार्यक्रममा बुथ कमिटी अध्यक्ष सुनिल कुमार महताे,जसपा नेता सिबु सिंह,जसपा जिल्ला कार्यकारनी समिति सदस्य ज्ञानेन्द्र प्रसाद साह लगायत अन्य स्थानियहरुकाे उपस्थिति रहेका थिए ।