वैशाख १४ । सिराहा प्रहरीले आफनै नाबालक छोरालाई हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ
प्रहरीले लहान नगरपालिका वडा नं १ मा बस्दै आएकी ३४ वर्षिय सरिता शाहलाई लहानबाट पक्राऊ गरेको हो ।
सखुवानन्कारकट्टी गाउँपालिका वाडा नं ५ घर भई हाल लहान नगरपालिका १ बस्दै आएकी साहलाई पाँच वर्षिय छोरा आयुशको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार बिहान देखि नै पाँच वर्षीय बालक आयुश छर छिमेकमा देखा नपरेपछि स्थानियले ईलाका प्रहरी कार्यालय लहानलाई खवर गरेका थिए ।
घटनास्थलमा पुगेका प्रहरी टोलीले तत्काल खोजतलास गर्दै जाँदा शाह बस्दै आएको कोठामा रहेको बक्स पलङ्गको घर्राभित्र पोका पारेर मृत अवस्थामा आयुशको शव प्रहरीले फेला पारेको थियो ।
प्रहरी नियन्त्रणमा रहेको महिला शाहमाथि अनुसन्धान सहित कानुनी कारवाही जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिएको छ ।