• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सुशासन र समृद्धि का लागि राष्ट्रपतिय प्रणाली एक मात्र विकल्प : अध्यक्ष यादव


सुशासन र समृद्धि का लागि राष्ट्रपतिय प्रणाली एक मात्र विकल्प : अध्यक्ष यादव

जलेश्वर , बैशाख ९ । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा डोर्‍याउन प्रत्यक्ष निर्बाचित राष्ट्रपतिय प्रणाली एकमात्र बिकल्प रहेको बताउनु भएको छ ।
जनता समाजवादी पार्टी महोत्तरीद्वारा आज जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बर्तमान संसदीय प्रणालीका कारण मुलुकमा निम्तिएको भ्रष्टाचार र अस्थिरतालाई अन्त्य गर्न प्रत्यक्ष निर्बाचित कार्यकारी प्रणाली एकमात्र बिकल्क रहेको उल्लेख गर्नु भयो ।
बर्तमानको निर्वाचन प्रणालीले मुलुकलाई कंगाल र पराधिन बनाउदै गएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी एवं पुर्ण समानुपातिक संसदले निर्बाचनमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धा अन्त गर्नुका साथै मुलुकले पुर्ण कार्यकालका लागि स्थिर सरकार समेत पाउने दाबी गर्नु भयो ।
स्थिर सरकारले मुलुकमा सुशासन कायम गर्दै समृद्धिको बाटोमा डोर्‍याउन सहज हुनुका साथै संसदमा समेत सबै बर्गको प्रतिनिधित्व सुनिश्चित हुने उहाँको कथन थियो ।
बर्तमान संबिधानकै कारण मुलुकमा एक पछि अर्को समस्या थपिदै गएको उल्लेख गर्दै अध्यक्ष यादवले छिमेकी मुलुक भारत सहित अमेरिका लगायतका देशहरुले समेत असन्तुष्टि जनाई सकेको संविधान संशोधन गर्नुको विकल्प नरहेको स्पष्ट पार्नु भयो ।
प्राप्त उपलब्धिहरुको रक्षा र उत्पीडित जनताहरुको मुक्तिका लागि आफुहरुले बर्तमान ब्यबस्थालाई प्रयोग गर्दै अघि बढेको स्पष्ट पार्दै उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनु भएका अध्यक्ष यादवले संघियता र गणतन्त्र माथी निरन्तर जारी रहेको प्रहारलाई निस्तेज गर्न संसद र सरकार बाट खबरदारी गर्दै आएको बताउनु भयो ।
मधेश आन्दोलनका तत्कालीन योद्धा हरु संगको पुनर्मिलनले मधेशमा पुन: नया जागरणको संचारहुने उल्लेख गर्दै उहाँ आन्दोलनकारी शक्ति हरुलाई जसपाको छाता मुनि पुन: गोलबद्ध हुन आह्वान समेत गर्नु भयो ।
जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा भएको उक्त पार्टी प्रवेश कार्यक्रममा माओबादी परित्याग गरेका संविधान सभा सदस्य रामकुमार शर्मा , पमाओवादीका केन्द्रिय सदस्य एवं पुर्व प्रतिनिधि सभा सद्स्य ईन्दु शर्मा , नेपाली काँग्रेस महासमिति सदस्य सुरेन्द्र चौधरी , एमाले नेत्री महोत्तरी गापा उपाध्यक्ष प्रत्याशी प्रमीला चौधरी , लोसपाका नेता एवं तत्कालिन राजपा युवाका केन्द्रिय अध्यक्ष रोशन सिंह राणा, तत्कालीन फोरमका युसुफ साफी , पुष्पज राज चमन, जनमतका नेता डा. सरोज ठाकुर सहित करीब ३ सय नेता कार्यकर्ता जसपामा प्रबेश गरेका छन ।
नव प्रवेशी हरुलाई जसपा अध्यक्ष यादवले गम्छा लगाई पार्टीमा स्वागत गर्नु भयो ।
कार्यक्रममा राजनीति समिति सदस्य हरिनारायण यादव, डा सुरेन्द्र यादव, प्रदेश अध्यक्ष बाल किशोर यादव, प्रदेश सरकारका मन्त्री सुरिता साह सहितका बक्ताहरुले नवप्रवेशी हरुलाई शुभकामना दिएका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

९ बैशाख २०८१, आईतवार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

९ बैशाख २०८१, आईतवार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

९ बैशाख २०८१, आईतवार
अन्तर्राष्ट्रिय

प्रदेशका सांसद चढेको गाडी दुर्घटना

९ बैशाख २०८१, आईतवार
Next Post
एक होटलमा फेरि युवक मृत फेला

एक होटलमा फेरि युवक मृत फेला

मटिहानीको जरलहवा बस्तीमा भीषण आगलागी सहयाेग गर्न अपिल

मटिहानीको जरलहवा बस्तीमा भीषण आगलागी सहयाेग गर्न अपिल


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh