रामगोपालपुर नगरपालिकामा सामुदायिक भवनको शिलान्यास गरिएको छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको ले सांसद कुश्वाहाले महाेतरीकाे रामगाेपालपुर नगरपालिका ६बिश्म्भरपुरमा मधेश प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहाले सामुदायिक भवनको शिलान्यास गरिएको हो। पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरुलाइ समुदायिक कामकाेलागि सुविधायुक्त भवनको आभाव भइरहेकोले आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक बिकास मन्त्रालयको बजेटबाट भवन निर्माण गराउन लागेको बताए। उक्त भवन २काेठे र २० लाखको लागतमा भवन निर्माण हुन लागेको कुश्वाहाले बताए। सामुदायिक भवन निर्माण भएपछि आवश्यक्ता अनुसार गरिव जनतालाई अस्थायी बसोबास गर्न तथा सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बताए।साथै यस वडामा समुदायिक भवन निर्माण हुनलागेकाे स्थानमा प्रयाप्त अन्य सुविधा भएकाेले जनताहरुलाइ भवन उपयाेग गर्न सहज समेत हुने छ । उक्त शिलान्यास कार्यक्रममा वडा नं ६काे वडा अध्यक्ष शिवचन्द्र महताेलगायत अन्य स्थानियहरुकाे उपस्थिति रहेका थिए ।