• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कांग्रेसले छोडेन मधेश सरकार


कांग्रेसले छोडेन मधेश सरकार

शैलेन्द्र महतो शैलेन्द्र महतो
५ चैत, जनकपुरधाम । पार्टीले राजीनामा दिन निर्देशन दिए पनि मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले टेरेका छैनन् ।
मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार छ । केन्द्रमा जसपा वर्तमान सत्ता गठबन्धमा सामेल छ ।
मधेश सरकारमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकासमन्त्री, वीरेन्द्र सिंह स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र मोहम्मद समिम गृह सञ्चार तथा कानुनमन्त्री छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले पनि केही दिनअघि कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । तर कांग्रेसका मन्त्रीहरू मुख्यमन्त्रीले बर्खास्त नगर्दासम्म सरकारमै रहने बताएका छन् ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले मुख्यमन्त्रीले आफूहरूको राजीनामा नमागेको दाबी गरे । ‘हिजो गठबन्धन गर्दा मन मिलेर गरिएको थियो । अहिले छोड्दा नराम्रो सन्देश जान्छ । हामीलाई यो सरकारमा कुनै अप्ठ्यारो महसुस भएको छैन,’ मन्त्री यादवले भने ‘यदि मुख्यमन्त्रीलाई कांग्रेस चाहिएको छैन भने हटाउनुस्, हामी स्वीकार्छौं ।
मुख्यमन्त्री यादवले भने सरकार पुनर्गठनको तयारीमा लागेको बताए । उनले एमालेलाई सरकारमा ल्याएर मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।
१४ सदस्यीय मन्त्रिपरिषद्‌मा जसपाका मुख्यमन्त्रीसहित ४ मन्त्री र १ राज्यमन्त्री छन् । गत ९ माघमा जनमत पार्टीले छाडेको दुई मन्त्रालय पनि मुख्यमन्त्री यादवले सम्हालिरहेका छन् । कांग्रेसका ३, माओवादी केन्द्रका १ मन्त्री र १ राज्यमन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका १/१ मन्त्री छन् ।
मन्त्रिपरिषद् पुनर्गठन गर्दा एमालेलाई कांग्रेसको भागमा रहेका ३ र जनमतले छाडेको २ मध्ये १ मन्त्रालय र माओवादी केन्द्रलाई थप १ मन्त्रालय दिने तयारी छ ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ । मधेशमा एमालेका सभामुखसहित २४, जसपाका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीको ७ सिट छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

५ चैत्र २०८०, सोमबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

५ चैत्र २०८०, सोमबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

५ चैत्र २०८०, सोमबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

५ चैत्र २०८०, सोमबार
Next Post
नवनियुक्त उपकुलपतिको सपथ

नवनियुक्त उपकुलपतिको सपथ

एमाले नेता सराेज कुमार यादव मधेश प्रदेशकाे मन्त्रीमा नियुक्त

एमाले नेता सराेज कुमार यादव मधेश प्रदेशकाे मन्त्रीमा नियुक्त


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh