गोपाल झा
महोत्तरी फाल्गुन ११ गते
महोत्तरी गाउँपालिकाको आयोजनामा दादुरा-रुबेला खोप अभियानबारे अभिमुखीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रममा अपेक्षित लक्ष्य हासिल नहुनु, लक्ष्यमा एकरूपता नहुनु, शून्य खोप र ड्रपआउटको सङ्ख्या बढदै जानु, पूणर्खोप दिगोपन कार्यक्रम प्रभावकारी नहुनुबारे छलफल गरिएको थियो ।
गाउँपालीका अध्यक्ष दिलीप पाण्डेयको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय अभियान अन्तर्गत यही फाल्गुन १३ गते देखी १९ गते सम्म संचालन हुने दादुरा-रुबेला खोप कार्यक्रम पुणर्रुपमा सफल पार्न वहाँले आग्रह गरेका हुन् ।
कार्यक्रममा महोत्तरी गाउँ पालिकाकाको स्वास्थ्य प्रमुख ईन्द्रप्रसाद यादबले महोत्तरी लगायत मधेशप्रदेशका आठवटै जिल्ला ँदादुरा-रुबेला जस्तो महामारीको उच्च जोखीममा रहेको जानकारी दिदैँ उनले पूणर्खोप कार्यक्रम सम्पन्न गर्नु चुनौतीपूणर् रहेको बताए । यादबले गर्भवती महिलालाई टिडी, जन्मनेबित्तिकै बच्चालाई बिसिजी दिनुपर्ने बताए । उनले छ हप्तापछि बच्चालाई रोटा, पोलियो, पिसिभी, डिपिटीलगायतका खोप दिन पनि आग्रह गर्दै फागुन १३-१९ गतेसम्म चल्ने खोप अभियानमा कुनै पनि बालबालिका नछुटोस् भनेर अभिमुखीकरण कार्यक्रम गरिएको बताए ।
महोत्तरी गाँउपालीकाका १४ वटा बिद्यालय सहीत छौ वटै वडाका नियमित १५ वटा खोप केन्द्रमा दादुरा-रुबेला संगै नियमित खोप कार्यक्रम संचालन हुने जनाईएको छ ।
कार्यक्रममा बिभिन्न वडाका वडाध्यक्ष सहीत गाउँपालीका स्थित बिद्यालयहरुका प्रधानाध्यापक , स्वास्थ्यकर्मीहरु , महिला स्वयंसेबिका र संचारकर्मीहरुको सहभागिता थियो ।