DK यादव- महोत्तरी,
महोत्तरी जिल्लाको सम्सी गाउपालिका ३ गैढा भेटपुर बस्ने अमित कुमार झा केही दिन पहिले मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए। घाइते भएपछी वह जनकपुर उपचार गराउन गएको थियो। डा को सल्लाह अनुसार वाहाले पेट र छातीको सि टी स्कैन गर्न जादा जनकपुरमा सन्चालित दरभंगा सि टी स्कैन एन्ड डाइगोनेस्टिक सेन्टरले सि टि स्कैनमा लुट गरेको छ। स्कैन सेन्टरमा पेट र छातीको सिटी स्कैन गरिएको थियो। जसमा पेटको रु १२ हजार र छातीको रु ९ हजार ५ सय रुपया गरी जम्मा २१५०० रुपयाको बिल बानाइ दिइएको थियो। यति धेरै बिल देखेपछी घाइते अमित कुमर झा अच्मित भएको थियो।
अरु ठाउमा सिटी स्कैन गर्न जादा ३५ सय देखी ६ हजार सम्म लाग्ने गरेको कुरा चिकित्सक हरु बताउछन तर यसरी चिकित्सक ले नै लुट गरी बिल बनाउदा मान्छेको बिश्वास समाप्त हुने कुरा देखिएको छ।
केही दिन पहिला मात्र काव्या होस्पिटलले एक्सरेमा बढी रुपया लेखेको बिल भाइरल भएको थियो।










































































































