• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गरौ मुख्यमन्त्री राउत


अातिश मिश्रा
जनकपुरधाम, फागुन २० । मुख्यमन्त्री लालबाबु राउतले अगामी २० वर्षमा त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गर्नु पर्ने बताउनु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको ‘जनकपुरधाम २०४०’ दुरगामी सोच निर्धारण तथा समावेशी आर्थिक विकास योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठीको समुदघाटन सत्रमा मुख्यमन्त्री राउतले धार्मिक एतिहासिक महत्व बोकेको जनकपुरधामलाई त्यसै अनुरुप विकास गर्नु पर्ने बताउनु भयो ।
उहाँले प्रदेश नं. २को स्थायी राजधानी हुने प्रायः निश्चित रहेको जनकपुरधामको दिर्घकालिन विकासको योजना बनाउदा जनकपुरधामको एतिहासिक साँस्कृतिक महत्व र राजधानीको आवश्यकतालाई ध्यानमा राख्न सुझाव समेत दिनु भयो ।
मुख्यमन्त्री राउतले जनकपुरमा भई रहेको अनियन्त्रित बस्ती विकासलाई रोक्दै नगर क्षेत्र भित्र शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्रहरुको लागि स्पेशल जोन सहितको अवधारणा ल्याउनु आवश्यक रहेको उल्लेख गर्नु भयो ।
जनकपुरधाम उपमहानगरले २० वर्ष पछिको जनकपुरको परिकल्पना सहित ल्याउने गुरुयोजनामा तीनै तहको सरकारले गर्नु पर्ने काम बारे स्पष्ट व्यवस्था गर्न सुझाव दिनु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले गर्नु पर्ने कार्यमा प्रदेश सरकार प्रतिवद्ध रहने उल्लेख गर्नु भयो ।
नगर प्रमुख लाल किशोर साहको अध्यक्षतामा भएको उदघाटन सत्रमा उपमेयर रिता मिश्रले स्वागत मन्तव्य राख्नु भएको थियो भने सुदृढ परियोजनाको नीति सल्लाहकार कृष्ण ज्ञवालीले कार्यशालाको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो ।
दुई दिने उक्त कार्यशालामा उपमहानगरपालिकाका पदाधिकारीहरु, नागरिक समाजका प्रतिनिधि , विज्ञ सहितको उपस्थिति रहेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्य

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

२० फाल्गुन २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

२० फाल्गुन २०७६, मंगलवार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

मधेस झर्दै गरेका बालेनसँग भयभीत मधेसी नेता !

२० फाल्गुन २०७६, मंगलवार
जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता : संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन

२० फाल्गुन २०७६, मंगलवार
Next Post

कर्मचारीकाे विरुद्धमा धर्नामा बस्न मुख्यमन्त्रीले दिए चेतावनी

साेनमा गाउँपालिकाले वितरण साइकल


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh