• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

निजी काम नगरेकाे भन्दै राज्यमन्त्री सराेज सिंह कुशवाहाकाे बाउन्सरले कुटे चालक


नागेन्द्र कुमार यादव

आफ्नो घरको निजी काम नगरेको भन्दै एक राज्यमन्त्रीले आफ्ना पूर्व चालकलाई कुटपीट गर्न लगाएका छन् ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले आफ्ना गाडीका पूर्व चालक बिरेन्द्र कुमार महतोलाई आफ्ना बाउन्सरहरुलाई आइतबार राति उनको घरमै पठाएर कुटपिट गर्न लगाएको घटना बाहिरिएको छ ।
यतिमात्रै नभई राज्यमन्त्री सिंहले आफ्नो जागिर पनि खोसिदिएको चालक महतोले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरि गुनासो पोखेका छन् ।
महतोलाई २०७६ कातिक १ गतेदेखि लागु हुनेगरि ६ महिनाका लागि आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीको स्वकीय सचिवालयको हलुका सवारी चालक पदमा नियुक्त गरिएको नियुक्ति पत्र समेत दिइएको छ । तर, समय अवधि नबित्दै आफुलाई चार महिनामै मन्त्रीको घरको काम गर्न नमानेपछि बिना सूचना अचानक जागिरबाट हटाइदिएको चालक महतोले गुनासो सुनाए ।
उनले भने, ‘म एकदम गरिव परिवारको व्यक्ति छु । आफुलाई अर्को ठाउँबाट हटाएर मन्त्री सिंहले आफ्नो चालकमा राखेका थिए । तर अहिले ४ महिनामै आफुलाई बिना कारण हटाईदिएपछि आफु विच्चलीमा परेको छु ।’
उनले आफुलाई कुन कारणले हटाइएको हो भनेर मन्त्रालयमा लिखित निवेदन दिएपछि उल्टै राज्यमन्त्री सिंहको नातामा भाई पर्ने मन्त्रालयका नासु समेत रहेका हरिशंकर महतोले आफुलाई राजिनामा पत्रमा हस्ताक्षर गर्न दवाव दिएको बताए ।
उनले राज्यमन्त्री सिंहका मान्छेहरु आइतबार राती ९ बजेको समयमा आफ्नो घरमा जर्बजस्ती पसेर आफुहरु सिआइबिको मान्छे रहेको भन्दै आफु र आफ्नो पत्नीलाई कुटपिट गरेको दुःखेसो गरे । उनले राज्यमन्त्री सिंहले आफ्नो कपडामा आइरण गर्ने,जुत्तामा पलिस गर्ने, घरको जुठो उठाउन लगाउने, कपडा धुन लगाउने जस्ता कामहरु आफुसँग जबरजस्ती गर्न लगाएको र पछिल्लो समय आफुले यस्ता कामहरु गर्न नमानेपछि जागिरबाट हटाएको बताए । उनकी पत्नी रामकुमारी महतोले पनि आफु र आफ्नो पतिलाई राज्यमन्त्री सिंहका मान्छेहरुले कुटपिट गरेको दुःखेसो सुनाइन् ।
यता राज्यमन्त्री सिंहले कुटपिट गरेको आरोपलाई झुठो भनेका छन् । यश भन्दा पहिलापनि स्थानिय स्तरमा विभिन्न शीर्षकमा विकास गर्नकाेलागि दिएकाे रकमकाे कमिसन नदिदा उहाँ विवादमा फसेका थिए ।

द नेपालटपका ग्रुप सम्पादक अर्याल न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त
काठमाडौं : न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा द नेपालटपका ग्रुप सम्पादक एवं पूर्व प्रेस चौतारीका

विमानस्थलमा जाँचियो पूर्वराजदम्पतीको शरीरको तापक्रम
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोनाभाइरसको चेकजाँच गराएको

कोरोनाभाइरसका कारण मानिसहरूको मृत्यु भएकोभन्दै धर्मगुरुविरुद्ध मुद्दा दायर
काठमाडौं : चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसका कारण दक्षिण कोरियामा केही मानिसहरुको मृत्यु भएको भन्दै एउटा

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं: आज (सोमबार) दिउँसो १ बजेको लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । संघीय संसदको महासचिव

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

१९ फाल्गुन २०७६, सोमबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

१९ फाल्गुन २०७६, सोमबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

१९ फाल्गुन २०७६, सोमबार
अन्तर्राष्ट्रिय

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

१९ फाल्गुन २०७६, सोमबार
Next Post

सशस्त्र प्रहरीद्वारा लागूऔष बरामद

प्रदेश २ को नामका लागि फागुन २३ गते मतदान हुने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh