अदुवंशी
सरकारी जग्गामा बनाएको घरटहार भत्काउन भूमी व्यवस्था मन्त्री पद्यमा अर्यालय हेलिकप्टरबाट महोत्तरीको गौशाला आउँदै गर्दा गाउँमा रुवाबासी चलेको छ । आज बिहानैदेखि कुनै घरमा चुलो बलेको छैन । गाउँलेहरु भोकै छन् ।उठिबास हुने भएपछि बच्चादेखि वृद्धवृद्धाहरु रोइरहेका छन् ।
निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरि बनाइएको ३० वटा घर टहरा भत्काउन मन्त्री अर्यालयको टोली आउन लागेको हो । शनिबार साँझ ५ बजेभित्रमा घरटहरा हटाउन गाई गौशालाले अन्तिम अल्टिमेटम लिएको थियो । सूचनालाई अटेर गरे कुनै पनि समयमा संरचना खालि गर्न यसअघि लिएको ३५ दिन समयवधि फाल्गुण १२ गते सकिसकेको थियो ।
घर भतकाउन मन्त्री अर्यालय आउन लागेको सुनेर गाउँमा ८५ बर्षीय चन्द्रकला राउत रोइकराई हरेकी छिन् । उनी भन्छिन्,‘कहि कतै घरजग्गा छैन । जीवनमा मुरहीतरकारी बिक्री गरेर घर बनाए । तीन छोराको परिवार बसिरहेको छ,’उनले भनिन्,‘घरबाट निस्किदिन, बरु मर्छु ।’
मन्त्री अर्यालय हेलिकप्टरबाट आइपुगेको महोत्तरीका सीडिओ सूर्य बहादुर खत्रीले जनाए । ‘मन्त्री ज्यू गौशाला केही समय भित्रै आइपुग्न लाग्नु भएको छ । गाई गौशालाको अतिक्रमति जग्गा खालि गराउने कार्यक्र
फेसबुकबाट तपाईको प्रतिक्रिया !