• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result


सुवाष कर्ण धनुषाकाे

क्षिरेश्वरनाथ महेन्द्रनगरमा निर्माणाधिन सर्पदंश उपचार केन्द्रको सरोकारवाला निकायहरुद्वारा संयुक्त अनुगमन गरेको छ ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, जिल्ला समन्वय समितिका पदाधिकारी, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार, नेपाली सेनाका अन्जन रुपाखेती, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश सिंह, गैसस प्रदेश २ का धिरेन्द्र सिंह र पत्रकार सहित सरोकारवाला निकायहरुले अनुगमन गरेका हुन ।

यूएनडीपी र क्षिरेश्वरनाथ नगरपालिकाको आर्थिक र प्राविधिक, नेपाली सेनाको मानवीय तथा सिआईसीको प्राविधिक एवं व्यवस्थापन सहयोगमा निर्माण भइरहेको सो सर्पदंश उपचार केन्द्रको भवन निर्माण कार्य करीब ८० प्रतिशत सम्पन्न भइसकेको र उपचार सहितका प्रविधि सामाग्री खरीदका लागि टेण्डर भइसकेको अनुगमनको क्रममा सिआईसीका संजय साहले जानकारी गराए ।

सीआईसीको स्थानीय सहयोगमा निर्माण भइरहेको सो सर्पदंश उपचार केन्द्रको अनुगमनको क्रममा धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले भेन्टीलेटर र आईसीयूको सुविधा समेत राख्न सुझाव दिए ।

सो अस्पतालमा अनुसन्धानको रुपमा रहेका मिथिला वल्र्ड लाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले धनुषामा सर्पदंशको वर्तमान अवस्था बारे तथ्यांक सहित जानकारी गराएका थिए । मेयर पजियारले चैतसम्म भौतिक पुर्वाधारदेखि प्राविधिकसम्मको सबै कार्य सम्पन्न गरेर बैशाखदेखि संचालनमा ल्याउने जानकारी दिए ।

जिल्ला समन्वय समितिका उपाध्यक्ष दिपक झाले अनुगमनको प्रतिवेदनमा परियोजनाको सम्पूर्ण जानकारी सहितका पुस्तिका तयार पारेर सम्बन्धित निकाय र जिससमा समेत पठाउन सुझाव दिएका थिए ।

धनुषा जिल्ला सहित छिमेकी जिल्लाका सर्पदंश प्रभावित व्यक्तिहरुको उपचार र अनुसन्धान केन्द्रको रुपमा निर्माण भइरहेको सो उपचार केन्द्रको निर्माण अवधि मार्च २०२० सम्म रहेको छ । निर्माण पश्चात पुर्ण व्यवस्थापन भइसकेपछि स्थानीयको सहभागितामा गठित व्यवस्थापन समितिद्वारा संचालनमा ल्याइने जानकारी गराइयो ।

दुई करोड ५९ लाख भन्दा बढीको लागतमा निर्माण भइरहेको सो उपचार केन्द्र परियोजना निर्माणका लागि यूएनडीपीले एक करोड, ५३ लाख ८६ हजार र नगरपालिकाले ९६ लाख ४५ हजार रुपैया आर्थिक सहयोग गरेका छन । भौतिक निर्माण पश्चात संचालनका लागि शुरुमा नगरपालिकाले १५ लाख रुपैया दिने छ भने प्रत्येक वर्ष १० लाखको दरले रकम उपलब्ध गराउने छ

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

१७ फाल्गुन २०७६, शनिबार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

१७ फाल्गुन २०७६, शनिबार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

१७ फाल्गुन २०७६, शनिबार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१७ फाल्गुन २०७६, शनिबार
Next Post

भ्रष्टाचारीको पक्षमा बिपक्षीले शिक्षा क्षेत्रमा राजनीतिक गर्न खोज्दै वडाअध्यक्ष आलम

प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहान हरिपुरमा संचालन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh