
प्रतीक्षा खबर समाचारदाता,
जर्बजस्ती करणीको अभियोगमा थुनामा रहेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् ।
संघीय संसदको सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडाैँका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दिएको स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । महरा जबरजस्ती करणी गरेको आरोपमा १९ असोजमा पक्राउ परेका थिए । तर घटनामा आफ्नो कुनै संलग्नता नभएको भन्दै महराले आरोप अस्वीकार गर्दै आएका थिए ।
महरा गत कात्तिक १८ देखि पुर्पक्षका लागि थुनामा रहेका छन् । आजै जेलबाट रिहा हुने पनि स्रोतले बताएको छ ।