• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनकपुर ल्याबकाे काेराेना पोजेटिभ रिपोर्ट, काठमाडौंमा नेगेटिभ


जनकपुर ल्याबकाे काेराेना पोजेटिभ रिपोर्ट, काठमाडौंमा नेगेटिभ

नितेश यादव-
जनकपुरधाम, भदौ २० गते ।
कोरोना संक्रमणबाट महोत्तरीको मनरासिसवा नगरपालिका–४ का ४० वर्षीय स्वास्थ्यकर्मीको भदौ १० गते मृत्यु भयो । मृतक स्वास्थयकर्मीको सम्पर्कमा आएकाहरुको खोजीकार्य सुरु भयो । कन्टयाक्ट ट्रेसिङको आधारमा ७८ जनाको स्वाब संकलन भयो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाबको पिसिआर परिक्षण भयो
स्वाब संकलनपछि भदौ १६ गते मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएका परीक्षण मध्ये ५ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखियो । पोजेटिभ देखिएका ५ जना मध्ये ३१ वर्षीय पुरुषले रिपोर्ट आउनु भन्दा अगाडि नै ललितपुरस्थित स्टार हस्पिटलमा पुनः आर टी पीसीआर परीक्षण गराउँदा गएको शनिबार उनको रिपोर्ट निगेटिभ आएको छ ।
जनकपुरको ल्याबमा पोजेटिभ देखिएका मध्ये कन्ट्याक्ट् टैसिंगमा परेका अर्का एक जना महोत्तरीको मनरा सिस्वा नगरपालिका ४ कै ५० वर्षीय पुरुषको पनि कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि ती पुरुषले पनि ललितपुरस्थित स्टार हस्पिटलमा कोरोना परीक्षण गराएका थिए ।
परीक्षण गराएपछि उनको कोरोना रिपोर्ट भने बिहीबार निगेटिभ आएको देखिएको छ । ७८ जना मध्ये अन्य ६२ जनाको पीसीआर रिपोर्ट आइनसकेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरको यस्तो फरक रिपोर्टले विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । जनकपुरको प्रयोगशालामा पोजेटिभ रिपोर्ट र उपत्यकाको रिपोर्ट निगेटिभले कहाँको रिपोर्टमा विश्वास गर्ने भन्नेमा दोधारमा परेका छन् । कुन ठाउँको रिपोर्ट सही हो या कुन ठाउँको रिपोर्ट गलत हो छुट्याउन समेत निकै कठिन भएको स्थानीय मनोज सहनी बताउँछन् ।
‘यस्तो दाेधारो नतिजाले संक्रमण जचाउने व्यक्तिलाई त कठिन हुन्छ नै गाउँमा पनि त्रास फैलिएको छ’ सहनीले भने, ‘यसले गर्दा ती व्यक्ति संक्रमित छ वा छैन भन्न मिल्न सकेको छैन ।
दुई ठाउँको दुई नतिजा भएकोले उनीहरु संक्रमित भएको हो वा होइन भन्न पनि सहज नभएको सहनीले बताए । यो कुनै प्रयोगशालाको लापरवाहीले गर्दा यस्तो भएको छ कि जाँच गर्ने मेसिन नै खराब भएकोे हो भन्ने कतिको जिज्ञासा छ ।
कोरोना परीक्षण गराएका ती दुबै जनामा भने कोभिड–१९ को कुनै लक्षण देखापरेको छैन ।
यता प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक डा. श्रवणकुमार मिश्रले १/२ दिनको फरकमा परीक्षण गराउँदा रिपोर्ट फरक आउन सक्ने बताए । कोभिड–१९ को विभिन्न पाटोहरु भएकोले एक जना संक्रमितमा करिब तीन महिना सम्म शरिरका भागहरुमा भाइरसको पाटोहरु रहन सक्ने भएकाले रिपोर्ट निगेटिभ पोजेटिभ भइरहने डा. मिश्रले बताए ।
‘स्वाब संकलन पनि राम्रो सँग गरेन भने नतिजा निगेटिभ आउन सक्छ, डा. मिश्रले भने, ‘यहीको पोजेटिभ मानिसको जाँच गर्ने व्यक्तिले डराइ डराइ स्वाब संकलन गर्याे भने उसको रिपोर्ट निगेटिभ आउँछ
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरको रिपोर्ट गलत नरहेको डा.मिश्रले दाबी गरेका छन् । उनका अनुसार ती व्यक्ति संक्रमित हो वा होइन भन्ने कुरा पीसीआर परीक्षण भन्दा उनमा लक्षण नभए संक्रमित हुन सक्दैनन् ।टुडेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

२० भाद्र २०७७, शनिबार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

२० भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

२० भाद्र २०७७, शनिबार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२० भाद्र २०७७, शनिबार
Next Post
बालिका बल्कारकाे अाराेपमा एक जना पक्राउ

एक महिलामाथि सामुहिक बलात्कार, दुइ जना पक्राउ, तीन फरार

कोरोनाबाट मृत्यु भएकालाई सेनाले गरे अन्त्येष्टि

कोरोना संक्रमणबाट प्रदेश २ का थप ५ जनाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh