• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बिरगंजमा अाइसुलेसनकाे अभाव



चैत २९ गते तीन जना भारतीय जमातीमा कोरोना भाइरसको संक्रमण देखिएपछि हटस्पट बनेको वीरगञ्जमा कोभिड–१९ नियन्त्रण उन्मुख थियो । क्वारेन्टिनस्थलहरु रित्तिन थालेका थिए, संक्रमण पुष्टि भएर अस्पताल तथा आइसोलेसन सेन्टरमा पुगेकाहरु अधिकांश घर फर्किएका थिए ।
तर साउन पहिलो साताबाट एकाएक पर्साको वीरगञ्जमा कोरोना भाइरसका संक्रमित मात्र बढेका छैनन्, केही संक्रमितको मृत्युसमेत भइसकेको छ । संक्रमित बढेसँगै आइसोलेसनमा बेडको समेत अभाव हुन थालेको छ ।
वीरगज उपमहानगरपालिका–१३ का ३० बर्षीय पुरुषमा ८ साउनमा कोरोना संक्रमण पुष्टि भयो । साउन १ गते संक्रमण पुष्टि भएकी १८ बर्षीया किशोरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा ६ साउनमा उनको स्वाब संकलन गरिएको थियो । ८ गते संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा लगिएको छैन ।

उनले होम क्वारेन्टिनमा बस्न अनुमति मागेका होइनन् । होम आइसोलेसनमा राख्न पनि मापदण्डअनुसार व्यवस्था भए नभएको अनुगमन गर्नुपर्छ । तर उनको स्वास्थ्य अवस्था र बसाई व्यवस्थापनबारे कसैले सोधीखोजी गरेको छैन । भन्छन्, ‘घरमा छुट्टै कोठामा बसेको छु, स्वास्थ्यमा समस्या छैन ।वीरगञ्ज–१२ मुर्लीका १६ बर्षीय युवकमा पनि साउन ८ गते कोरोना संक्रमण पुष्टि भयो । उनका बुबालाई कोरोना संक्रमण पुष्टि भएपछि उनीसहित परिवारका १३ सदस्यलाई त्रिजुद्ध मावि क्वारेन्टिनमा राखिएको थियो । र, उनीहरुमध्ये ४ जनामा कोरोना देखियो । तर आइसोलेसनमा लगिएन । त्रिजुद्ध क्वारेन्टिनकै अर्को विल्डिङमा उनीसहित ८ जनालाई राखिएको छ ।
एउटा कोठामा दुई जनालाई राखिएको छ । ‘संक्रमित र क्वारेन्टिनमा बसेकाहरुले प्रयोग गर्ने शौचालय एउटै छ । बाहिर खुल्ला ठाउँमा नुहाउनुपर्छ’ उनले भने, ‘महिलाका लागि नुहाउने ठाउँको समेत व्यवस्था छैन ।’
स्वास्थ्य कार्यालय पर्साका अनुसार त्रिजुद्धमा १४ जना महिलासहित ३६ जनालाई राखिएको छ । जसमा ट्रेसिङमा परेका १५ जना र भारत तथा अन्य मुलुकबाट आएका २१ जना छन् ।
संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ का १९ बर्षीय अर्का युवक आइसोलेसनमा बत्ती, पंखालगायतको व्यवस्थापन स्वयंले गर्नुपरेको बताउँछन् । उनले अघि भने ‘तागतिलो खानेकुरा, औषधि केही छैन । यो भन्दा राम्रो त घरमै हुन्थ्यो । ११ साउनमा बागवाना हेल्थ पोष्टको वर्थिङ सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भयो । २ बर्षीया छोरीसहित उनलाई बढनिहार क्वारेन्टिनमा राखिएको छ । उनीसँगै संक्रमण पुष्टि भएका अन्य ४ जना स्वास्थ्यकर्मी त्यही छन् । तर स्थानीयले उनीहरुलाई त्यहाँ राखेकोमा विरोध गरेका छन् । पर्सागढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख जन स्वास्थ्य अधिकृत योगेन्द्र पञ्जियार भन्छन्, ‘स्थानीयले क्वारेन्टिनसम्म ठीक छ, संक्रमितलाई राख्न दिदैनौं भनेर विरोध गरिरहेका छन् । समस्या समाधानका लागि प्रमुख प्रशासकीय अधिकृतसमेतको उपस्थितिमा छलफल गरिरहेका छौं ।सभार अनलाइन

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

१२ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

१२ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

१२ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

१२ श्रावण २०७७, सोमबार
Next Post

सरिता गिरीको ठाउँमा सांसद बनिन् लीलादेवी सिटौला

८ जना बालबालिकासहित थप ३१ जनामा कोरोना संक्रमणदेखियाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh