प्रतीक्षा खबर
विराटनगर, साउन १२ गते
प्रदेश नम्बर १ को विराटनगरस्थित कोसी अस्पतालमा डाक्टर र नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ सिल गरिएको छ ।
आइतबार रातिदेखि कोसीको पोस्टनेटल वार्ड सिल गरी संक्रमति नर्सको सम्पर्कमा रहेकाहरूको स्वाब संकलन काम सुरु गरिएको कोसी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
संक्रमित नर्स विराट नर्सिङ होममा पनि आंशिक रूपमा कार्यरत थिइन् । नर्सिङ्ग होमका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना पुष्टि भएपछि गरिएको थप परीक्षणमा ती नर्ससहित ४ जनामा कोरोना देखिएको छ ।
आइतबार साँझ कोसी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोसी र विराट दुवैतिर कार्यरत ती नर्समा कोरोना संक्रमण देखिएको अस्पतलाका मेसु दासले बताए । संक्रमित नर्स कोसी अस्पतालको ‘पोस्टनेटल वार्ड’ मा कार्यरत थिइन् ।
डेलिभेरी भएपछि राखिने वार्डलाई पोस्नेटल वार्ड भन्ने गरिन्छ । पोस्टनेटल वार्ड सिल गरेपछि कन्ट्रयाक ट्रेसिङ्गमार्फत उनको सम्पर्कमा रहेकाहरूको स्वाब संकलन गर्ने तयारी सुरु गरिएको हो ।
कोसी अस्पतालका फार्माकोलोजीका १ जना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरी घर भएका चिकित्सकलाई गत शनिबार कोरोना पोजेटिभ देखिएको हो
संक्रमण देखिएका चिकित्सक भर्खरै आएकोले अस्पतालमा काम भने सुरु गरेका थिएनन् । सप्तरी घरबाट आएलगतै ज्वरो आउन थालेपछि उनको स्वाब संलकन भएको थियो ।
कोसीको ल्याबमा गरिएको परीक्षणमा रिपोट पोजेटिभ आएको कोसी अस्पतालले जनाएको छ । संक्रमित चिकित्सक कोसी अस्पतलाको कोभिड–१९ उपचार केन्द्रमा अहिले उपचार भइरहेको छ । सभार टुडेपाटी
फेसबुकबाट तपाईको प्रतिक्रिया !