• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रादेशिक अस्पताल जनकपुर अाईसीयू र इमरजेन्सि वार्ड सिल गरियाे



धनुषामा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक १ जना युवाको मृत्यु भएको छ ।
शहीदनगर नगरपालिकाको डुमरियाका ३८ वर्षीय युवाको संक्रमणबाट मृत्यु भएको हो ।
प्रादेशिक अस्पताल जनकपुरको कोभिड आइसोलेसन सेन्टरका संयोजक डा. जामुनप्रसाद सिंहले कोरोनाले मृत्यु भएको पुष्टि गरे ।
सिंहका अनुसार खोकी र श्वासप्रश्वासको समस्या तथा ज्वरो देखिएपछि मृतकले जनकपुरकै एउटा क्लिनिकमा पहिले उपचार गराएका थिए । क्लिनिकले प्रादेशिक अस्पताल जनकपुरमा रेफर गरेको थियो । साउन १० गते ती बिरामी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । श्वासप्रश्वासको समस्या देखिएपछि बिरामीलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।
साउन १० गते नै आईसीयूमा नै बिरामीको स्वाब लिएर कोरोना परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाएका थियौं,’ डा. सिंहले भने, ‘साउन ११ गतेसम्ममा पनि बिरामीको स्वास्थ्य अवस्थामा कुनै सुधार नदेखिएपछि हामीले बिरामीको परिवारजनकै सहमतिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेका थियौं ।
बिरामीलाई तत्काल भेन्टिलेटरमा राख्नुपर्ने र प्रादेशिक अस्पतालको आईसीयूमा रहेका २ वटा भेन्टिलेटरमा पहिलेदेखि नै बिरामी रहेका कारण धरान रेफर गरिएको उनले बताए ।
मिथिला महिला प्रतिष्ठानको एम्बुलेन्सबाट साउन ११ गते दिउँसो साढे ३ बजे बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतिर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको सिंहले बताए । एम्बुलेन्स चालक कुमार पौडेलका अनुसार बाटोमै बिरामीको अवस्था गम्भीर भएपछि सिरहाको मिर्चैयाको एउटा अस्पतालमा उपचार गराउने भन्दाभन्दै बिरामीको मृत्यु भएको थियो ।मृत्यु भएको खबर पाएपछि म आफैं प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पुगेर पीसीआर रिपोर्ट लिन पुगेको थिएँ,’ डा सिंहले भने, ‘उनको स्वाब होल्डमा नै थियो, केही घण्टापछि उनको रिपोर्ट आउँदा कोरोना पोजेटिभ आएको थियो । मृतकको पीसीआर रिपोर्टमा ‘हाई भाइरस लोड’ रहेको हालसम्म जनकपुरमा त्यतिधेरै मात्रामा ‘भाइरस लोड’ कसैमा पनि नआएको उनले बताए ।
ती मृतक बोकेको एम्बुलेन्सलाई आइतवार राति नै प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो ।
‘राति नै हामीले अस्पतालको आईसीयू सील गरेको भए पनि सोमवार बिहान जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको संयोजकत्वमा बसेको सुरक्षा समितिको बैठकबाट सीलबन्द गर्ने निर्णय गरिएको छ,’ सिंहले भने, ‘सोमवार बिहान शव व्यवस्थापनका लागि नेपाली सेनाको जिम्मा लगाइएको छ ।
एम्बुलेन्समा चालकसहित मृतकका ४ जना आफन्त थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

१२ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

१२ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

१२ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

१२ श्रावण २०७७, सोमबार
Next Post

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ सिल गरियाे

बिरगंजमा अाइसुलेसनकाे अभाव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh