• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

दुई दिनदेखिको बर्षाले प्रदेश २ का विभिन्न ठाउँ डुबानमा


दुई दिनदेखिको बर्षाले प्रदेश २ का विभिन्न ठाउँ डुबानमा परेको छ । प्रदेश २ का सबै ८ जिल्लाको दक्षिणतिरका अधिकांश गाउँमा पानी पसेको छ । पूर्वपश्चिम राजमार्गमै पानी जम्दा सोमबार केहीबेर यातायातसमेत प्रभावित बनेको छ ।
आइतबारदेखि जारी रहेको बर्षाका कारण खोला र नदीको सतह बढ्दै जाँदा बाढीको त्रास उत्पन्न भएको छ ।
सप्तरीको आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परिसकेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको अधिकांस वडा डुबानमा परेको छ । वडा नम्बर १ तिलाठी, वडा नम्बर ३ सकरपुरा, वडा नम्बर ४ कोइलाडी, वडा नम्बर ५ बनरझुल्ला डुबानमा परेको छ । खाँडो नदीमा आएको बाढी वस्तीसम्म पुगेको छ ।
गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार वडा नम्बर १, ४ र ५ का झण्डै ३ सय घरमा पानी पसेको छ । खाँडो नदीमा आएको बाढीले वडा नम्बर ३ सकरपुरा नजिकैको स्पर कटान शुरु गरेको छ । कटानलाई रोक्न बाँध बाँध्ने काम शुरु गरिसकिएको झाले बताए ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ का ५० परिवार डुबानमा परेका छन् । हनुमानगर कंकालिनी नगरपालिका १ स्थित इलाका प्रहरी कार्यालय भारदह पनि डुबानमा परेको छ । यी क्षेत्रमा हालै रोपिएको सयौं बिघाको धान खेती पनि डुबानमा परेको छ ।
लगातारको बर्षाले सदरमुकाम राजविराज वडा नम्बर २ र ५ का धेरै घर डुबानमा परेका छन् । जिल्लास्थित कोशी, खाँडो, बलान, खडक, महुली, जिता, त्रियुगा नदीमा पानीको सतह लगातार बढ्दै गएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुर बस्ने गजानन्द रायको गोठ भत्केको छ । च्यापिएर उनकी ३५ बर्षीया पत्नी सुशीला देवी राय घाइते भएकी छन् ।
उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । गोठभित्र रहेको एक वटा गाई, १ वटा गोरु र ६ वटा बाख्राको मृत्यु भएको छ । महदेवा गाउँपालिका १ चिम्टि निवासी जागेन्द्र खंगको घर भत्केको छ ।
धनुषाको मिथिला नगरपालिका ४ मा प्रदेश प्रहरी तालिम केन्द्रको निर्माणाधीन पर्खाल भत्किएको छ ।
महोत्तरीको विभिन्न ठाउँका चार व्यक्तिको घर भत्केको छ । घरभित्रका सामानहरु समेत क्षतिग्रस्त भएको छ । गौशाला नगरपालिका १२ कान्तिबजार निवासी सुकमाया योन्जनको टालीले छाएको १ तले फुसको कच्ची घर भत्किँदा २ वटा बाख्रा मरेका छन् । घर भत्किँदा २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मटिहानी नगरपालिका २ सिर्सियामा पर्खाल भत्किँदा स्थानीय ६० बर्षीया सुशीला देवी राय घाइते भएकी छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।
सदरमुकाम जलेश्वर नगरपालिका १२ थरुवाहीमा स्थानीय अजेश्वर मण्डलको खपडाले छाएको घर भत्किएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका ४ मा पनि घरभित्र पानी पस्दा स्थानीय रवीन्द्र चौधरीको घरका ७ जना विस्थापित भएका छन् ।
गत असार २६ गते आएको बाढीका कारण विस्थापित भएका सर्लाही सदमुकाम मलंगवाका २७ परिवार घर गएको २ दिन नबित्दै पुनः विस्थापित भएका छन् ।
मलंगवा ५ स्थित लखनदेवी खोलाको बाढी आएर भाडसर गाउँमा पस्दा २७ घर डुबानमा परेको छ । डुबानपछि १ सय ४७ जना आफन्तको घरमा बसेका छन् । गत असार २६ गते आएको बाढीका कारण विस्थापित भएका यी व्यक्ति साउन १ गते पानी सुकेपछि आफ्नो घर गएका थिए ।
लगातारको बर्षाले प्रदेश २ स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्ड सोमबार पनि अवरुद्व रह्यो । रौतहटको चन्द्रपुर २ स्थित लचकामा आएको बाढीले सडक अवरुद्ध गरेको छ
सर्लाहीको हरिवनमा पनि सोमबार केहीबेर पानीको भेल सडकबाटै बग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्व भएको थियो । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार प्रदेशको विभिन्न ७ ठाउँका सडकमा बर्षाले क्षति पुर्‍याएको छ ।
प्रवक्ता मकेन्द्र मिश्रका अनुसार सप्तरीको राजविराज–कुनौली सडक खण्डको २ ठाउँमा, धनुषाको नगराइन नगरपालिका जटहीस्थित नेपाल भारत जोड्ने डाइभर्सनको एक स्थानमा बाढीले क्षति पुर्‍याएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका- १ माछा बजारस्थित जलेश्वर बर्दिवास र बलवा नगरपालिका १ स्थित जनकपुरधा, बलवा हुलाकी सडक खण्ड, पर्सा जिल्लाको पर्सागढी नगरपालिका-१ स्थित शंकर सरैयामाको भित्री बाटो र रंगपुरमा मनवातर्फ जाने बाटोमा क्षति पुगेको प्रवक्ता मिश्रले जानकारी दिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

५ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

५ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

५ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

५ श्रावण २०७७, सोमबार
Next Post

भाेलिदेखि वर्षा कम हुने

सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने व्यवसायीको घाेषना


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh