• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कोरोना महामारीको दोस्रो लहर सुरू


प्रतीक्षा खबर
रामगाेपालपुर, जेठ ३१ गते
कोरोना महामारीको दोस्रो लहर सुरू भएको छ।
लकडाउन लगाएर संक्रमण फैलावटलाई लगभग शून्यमा झारेका कतिपय देशहरुमा फेरि संक्रमित भेटिन थालेका छन्।
चीनको राजधानी बेइजिङमा दोस्रो दिन पनि कोरोना संक्रमित भेटिएपछि त्यहाँको स्थानीय प्रशासनले आधादर्जन खाद्यान्न पसल बन्द गरिदिएको छ।
कोरोना महामारी पूर्णतः नियन्त्रणमा आएको भनिएपनि बेइजिङमा दुई जना नयाँ संक्रमित भेटिएका हुन्। यी मानिसहरुमा कसरी संक्रमण भयो भन्नेबारे अहिलेसम्म पत्ता लागेको छैन।
संक्रमणका नयाँ मामिला भेटिएपछि बेइजिङ प्रशासनले प्राथमिक विद्यालयहरु खोल्न हतार नगरिने जनाएको छ।
कोरोना संक्रमित थप मानिसहरु भेटिएपछि दक्षिण कोरियाले गहन रोकथाम र स्वच्छताको कामलाई फेरि तीव्रता दिएको छ।
त्यहाँको सरकारले प्रतिदिन १० भन्दा कम संक्रमित फेला नपरेसम्म यो काम जारी राख्ने बताएको छ। हालै राजधानी सोउल लगायत कैयौं स्थानहरुमा हालै नयाँ संक्रमितहरु भेटिएका छन्।
जारी महामारीबाट सबैभन्दा बढी मानवीय क्षति ब्यहोरेको अमेरिकाका कैयौं राज्यहरुमा फेरि कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। अस्पतालका शय्याहरु खचाखच भरिएका छन्।
टेक्सस र एरिजोनामा निकै तेज गतिमा संक्रमण फैलिएको छ। अस्पतालहरुमा कोरोना संक्रमितको भीड लागेको छ।
कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण विश्वका अधिकांश मुलुकको अर्थव्यवस्थामा निकै खराब असर परेको छ। अवस्था थप खराब हुन नदिन कैयौं देशहरु लकडाउन हटाउन चाहन्छन्।
युरोपेली संघकी स्वास्थ्यमन्त्री स्टेला किर्याडिकसले भनेका छन्, ‘संघअन्तर्गतका २७ सदस्य मुलुकहरुमा आग्रह छ, विद्यालय र व्यवसाय फेरि खोल्नुअघि व्यापक परीक्षण गरियोस्।
आवश्यक परे लकडाउनमा गरिएको खुकुलोपन फेरि फिर्ता लिनुपर्ने हुनसक्छ।
हालै लकडाउन खुला गरेको भारतले संक्रमितको संख्यामा बेलायतलाई पछि पारेको छ।
त्यहाँ संक्रमित संख्या दुई लाख ९७ हजार ५३५ पुगेको छ। बेलायतमा हालसम्म दुई लाख ९४ हजार ४०२ जना संक्रमित भेटिएका छन्। भारत धेरै संक्रमित रहेको विश्वको चौथो मुलुक बनेको छ। अब अमेरिका, ब्राजिल र रसियामा मात्र भारतमा भन्दा धेरै संक्रमित छन्।
भारतले ८ जुनदेखि बजार र धार्मिक स्थल खुला गरेको थियो। यसपश्चात देशभर कोरोना संक्रमितको संख्या झनै बढिरहेको छ। विज्ञहरुले भारत कोरोना महामारीको चरमसीमामा पुग्न बाँकी नै रहेको बताएका छन्। लकडाउन खोल्नुअघि ८ जुनमा भारत कोरोनाबाट बढी प्रभावित देशको पाँचौं नम्बरमा थियो।
तर १२ जुनमा बेलायतलाई पछि पार्दै भारत यो सूचीको चौथो नम्बरमा उक्लिएको छ।
नियन्त्रणमा आएजस्तो देखिएपनि नयाँ संक्रमितहरु भेटिन थालेपछि फेरि चिन्ता बढ्न थालेको विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले जनाएको छ। संगठनमा कार्यकारी निर्देशन डा. माइकल रायनले भनेका छन्, ‘विश्वका कैयौं देश अहिले महामारीको पहिलो लहरसँग जुधिरहेका छन्, युरोपका केही देश, दक्षिण पूर्वी एसिया र उत्तर अमेरिकामा कोरोनाको चरमसीमा देखिएको छ।’
केही देशहरुले लकडाउन लगाएर कोरोनाको बढ्दो मामिला नियन्त्रण गरेपनि केही देशमा नयाँ संक्रमित फेला परेकाले त्यहाँ कोरोनाको दोस्रो लहर देखिएको डब्ल्यूएचओले जनाएको छ।
यसको अर्थ यी देशहरुमा महामारी समस्या पूर्ण रुपमा समाप्त नभएको भन्ने हो। निर्देशक रायनले भनेका छन्, ‘लकडाउनमा गरिएको खुकुलोपना र मानिसहरुबीचको सम्पर्कले यस्तो अवस्था निम्तिएको हुनसक्छ, भौतिक दूरीको पालना गरिएको छैन, संक्रमित संख्या बढ्न नदिन मानिसहरुलाई एक अर्कोसँग अलग्याउन जरुरी छ र व्यापक परीक्षण गर्नुपर्छ।
कोरोना महामारीविरुद्धको लडाईँ अझै अन्त्य नभएको जनाउँदै रायनले भाइरसको प्रकोप फेरि उल्टिने खतरा रहेको बताएका छन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

३१ जेष्ठ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

३१ जेष्ठ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

३१ जेष्ठ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

३१ जेष्ठ २०७७, शनिबार
Next Post

कोरोनाको महामारीको समयमा गौशालाका युवाले गरे रक्तदान, ५९ जनाद्धारा रक्तदान

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्याे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh