
प्रतीक्षा खबर
जेठ २२ गते ।
गण्डकी प्रदेशमा बिहीबार बिहान थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो । बागलुङमा १०, स्याङ्जामा १, म्याग्दीमा १ र पर्वतमा ४ जना संक्रमित थपिएका छन ।
यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ भने नेपालभर कुल संक्रमितको संख्या २३ सय १६ पुगेको छ