• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

संविधान संशोधन विधेयक संसद्मा पेस



लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर बनाएको नक्साअनुसार निसान छाप परिमार्जन गर्न संविधान संशोधन विधेयक संसद्मा पेस भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधिसभा बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेस गरेकी हुन् ।
संसद्मा विधेयक पेस गर्दै कानुनमन्त्री डा. तुम्बाहाङ्फेले भनिन्, ‘नेपालको संविधान धारा ९ को उपधारा २ मा नेपालको निसान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमाअनुरूपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची ३ को निसान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची ३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन विधेयक सदनसमक्ष पेस गर्दछु ।’
अब संविधान संशोधन विधेयक राजपत्रमा प्रकाशित हुनेछ । त्यसपछि संसद् बैठकमा विधेयकमाथि छलफल हुनेछ । संविधान संशोधनलाई लिएर संसद्मा हुने अबको प्रक्रियाबारे संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘विधेयक पेस भइसकेको अवस्थामा अब राजपत्रमा प्रकाशित हुन्छ । ३० दिनभित्रै प्रकाशित गर्ने भनिएकाले आजभोलिमै पनि प्रकाशित गर्न सकिन्छ ।
उनका अनुसार त्यसपछि बैठकमा सामान्य छलफलका लागि प्रस्तुत हुनेछ भने संशोधनका लागि ७२ घन्टाको म्याद दिइनेछ । त्यसमाथि संशोधन पर्‍यो भने त्यसलाई पनि समेटेर अर्काे बैठकमा छलफलका लागि पेस हुनेछ । संसद्मा छलफल भएपछि निर्णयार्थ प्रस्तुत हुनेछ । यसमा ध्वनि मत नभई लिखित रूपमै मत दिनुपर्नेछ । पारित गर्न दुईतिहाइ बहुमत पुर्‍याउनुपर्नेछ ।
प्रतिनिधिसभाबाटै नभएर राष्ट्रिय सभाबाट पनि पारित गर्नुपर्नेछ । ‘राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै क्रमशः टेबल गर्ने, सामान्य छलफल गर्ने, संशोधनको म्याद जारी गर्ने, संशोधन पर्‍यो भने संशोधन र प्रस्तावलाई छलफल गर्ने र निर्णयार्थ पेस गर्ने हुन्छ । त्यसपछि दुईतिहाइले पारित गर्नुपर्छ। दुवै सदनबाट पारित भएको विधेयकलाई प्रमाणित गरेर सभामुखले राष्ट्रपतिसमक्ष पठाउनेछन् । राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्रै लागू हुनेछ ।
संविधान संशोधनलाई छिटो प्रक्रियाबाट टुंग्याउनका लागि ७२ घन्टाको संशोधन म्याद घटाउन सकिने छ । त्यस्तै, दिनमा दुई–तीनवटा बैठक बसेरसमेत छिटो टुंगोमा पुर्‍याउन सकिनेछ । मन्त्रिपरिषद्को ५ जेठको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर तयार गरिएको नक्सा स्वीकृत गरेको थियो । त्यसपछि ७ जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् ।
संविधान संशोधनसम्बन्धी प्रस्ताव १४ जेठमै संसद्मा पेस गर्ने तयारी थियो । तर, अन्तिम आएर कार्यसूचीबाट हटाइएको थियो । प्रमुख प्रतिपक्ष दल कांग्रेसले संविधान संशोधनको विषय केन्द्रीय कार्यसमितिबाट पारित गर्नुपर्ने भन्दै समय मागेपछि कार्यसूचीबाट हटेको मन्त्री डा. तुम्बाहाङ्फेले बताएकी थिइन् । शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि आइतबार संसद्मा पेस भएको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड
अन्तर्राष्ट्रिय

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड

१९ जेष्ठ २०७७, सोमबार
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

१९ जेष्ठ २०७७, सोमबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

१९ जेष्ठ २०७७, सोमबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

१९ जेष्ठ २०७७, सोमबार
Next Post

मध्य राति गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु २२ जना घाइते

इलाका प्रहरी कार्यालयले नष्ट गरे खुल्ला मदिरा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh