नागेन्द्र कुमार यादव,
, सरकारले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राख्न बनाइएकाे क्वारेन्टाइनको मापदण्ड सनेनमा गाउँपालिकाले ताेडन शुरुगरेका छन । साेनमा गाउँपालिकाले अाफनाे गाउँपालिकामा बाहिरबाट अाउने मानिसहरुलाइ राख बनाइएकाे क्वारेन्टाइन असुरक्षित हुँदै गइरहेका छन । शुरुमा ५०बेडकाे क्वारेन्टाइन बनाइ संचालन गरिदैअइरहेकाेमा मानिसहरु बाहिरबाट अाउने क्रमबढेपछि ५०बेड थप गरेर १००बेडका बनाए तर यहिले गाउँपालिकाकाे क्वारेन्टाइनइमा ३जना महिला र १२२जन पुरुष गरि जम्मा १२५जना रहेका स्वास्थ्य संयाेजक शिव शंक, यादवले जनाएका छन ।
क्वारेन्टाइन मा क्षमताभन्दा बढी मानिहरुकाे संख्या भएकाले समाजिक दुरीतय समेत हुन सकेका छैन सुत्न काेठा नहुदा एउटै काेठामा ८/१०जना बस्न बाध्य भएका छन भन्ने धेरैले रुमकाे बरण्डामा सुतिरहेका छन । क्वारेन्टाइनमा बस्नेहरुले भन्ने अब हामी सुरक्षित नरहेकाे कुनैबेला हामिपनि संक्रमित हुन सकिन्छाै क्षमताभन्दा बढी मानिसहरुलाइ राखेकाले कुनै एक जना संक्रमित हुदा हामिहरुमा संक्रमन फैलिन समयलागदैन गाउँपालिकाले सबैथाेक दिदापनि यहाँ अाएका मानिसहरुकाे व्यवस्थापन नहुदा यहाँ दिन प्रतिदिन जाेखिम बढिदै गइरहेका छन । दैनिक १० देखि १२जना मानिसहरु थपिदै गईरहेका छन ।
निषेधित चुरोट र मदिरा भित्र्याउदै
नेपाल सरकारले काेराेना भाइरस संकास्पद व्यक्तिहरुलाइ राख्न मापदण्ड बनाइएका छन त्याे मापदण्डमा विभिन्न कुराहरुमध्ये चुरोट ,मदिरा लगायत नशालुपदार्थ प्रतिबन्ध लगाएका छन तर २४ सै घण्टा ४ वटा प्रहरी ,जन प्रतिनिधि ,स्वास्थ्यकर्मिहरु र अन्य मानिसहरुकाे उपस्थित हुदापनि दैनिक क्वारेन्टाइनमा प्रतिबन्धितचिजहरु ल्याइ प्रयाेग गरिरहेका छन । क्वारेन्टाइनमा बस्दै अाएका काेराेना भाइरस संकास्पद मानिसहरु चुराेट,पराग गुटका ,गजा र वियर समेत साथिहरुकाे सहयाेगमा ल्याएर खाइरहेका छन दैनिक मानिसहरु मनपरिरुपमा अाफनतसंग नियमबिपरित भेटघाट गरिरहेपनि कसैले केही भन्न र गर्न सकेका छैन । रुममा राखेर खाना नास्ता दिनु मात्त्र अाफनाे दायित्वबुझेर संचालन गरेका छन ।
यश विषयमा साेनमा गाउँपालिकाकाे प्रशासकिय अधिकृत रमेश अधिकारीलाइ भन्दा यस विषयमा मलाइ जानकारी नरहेकाे म जानकारी लिएर छिटै अर्काे क्वारेन्टाइनखाेलि व्यवस्थित गराउने बताएका छन ।
काेराेना भाइरस संकास्पद व्यक्तिहरुलाइ राख्न सरकारले बनाइएका मापदण्डहरु,
सरकारले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राखिने क्वारेन्टाइनको मापदण्ड तयार पारेको छ । उचित सुरक्षा र खानपानको व्यवस्थासहित सरकारले क्वारेन्टाइन मापदण्ड तयार पारेको हो ।
‘कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड – २०७६’ ले क्वारेन्टाइनबाट कोही व्यक्ति भाग्न लागेको देखेमा सो बारेमा जानकारी दिनु समेत त्यहाँ रहेका व्यक्तिको जिम्मेवारी हुने उल्लेख छ ।
मापदण्डमा त्यहाँ रहेका शंकास्पद व्यक्ति र त्यसको व्यवस्थापनमा रहेका कर्मचारीहरुले गर्न हुने र नहुने कामको बारेमा उल्लेख गरिएको छ । शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा १४ दिनदेखि १७ दिनसम्म राख्ने बताइएको छ ।
क्वारेन्टाइनमा कोठाको व्यवस्थापन गर्दा प्रतिव्यक्ति ७५ वर्गफिटको स्थान वा एउटा खाटदेखि अर्को खाटसम्मको न्युनतम दूरी ३.५ फिट हुनुपर्ने तोकिएको छ ।
सरकारले तोकेको मापदण्डअनुसार क्वारेन्टाइनमा बस्ने व्यक्तिले अरुलाई हिनताबोध गर्ने खालको कुनै पनि काम गर्न नपाउने, क्यारेन्टाइनमा सूर्तिजन्य एवं मादक पदार्थको सेवन गर्न नपाउने, क्वारेन्टाइनबाट कोही पनि व्यक्ति भाग्ने वा भाग्न कोसिस गरेको थाहा भएमा त्यसको जानकारी दिने जस्ता विषयहरु उल्लेख गरिएको छ ।
क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई खोक्दा या हाछ्युँ गर्दा अनिवार्य रुपमा मुख छोप्नुपर्ने, मासु एवं अण्डा राम्रोसँग पाकेको यकीन गरेर मात्रै खानुपर्ने कुनैपनि पंक्षीहरुको सम्पर्कमा जान नहुने नियम तोकिएको छ ।
सो मापदण्डअनुसारको क्वारेन्टाइनमा दिनमा ४ पटक खाना खान पाइन्छ । जस अनुसार बिहान साढे ७ बजे चिया, दिउँसो साढे ११ बजे दिवा खाना, अपराह्न साढे २ बजे खाजा र साँझ साँढे ७ बजे रात्रि खानाको व्यवस्था गरिएको छ ।
क्वारेन्टाइनमा खटिएका व्यक्तिहरुलाई समेत भित्र क्वारेन्टाइनमा बसेका व्यक्तिसँग अनावश्यक भेट्न प्रतिबन्ध लगाइएको छ । प्रभावकारी ढंगबाट आर्थिक अनुशासनको पालना गर्दै मितव्ययी तरिकाले काम गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।
मापदण्डमा क्वारेन्टाइनको लागि आवश्यक पर्ने पूर्वाधार, स्वास्थ्यकर्मीको व्यवस्था, क्वारेन्टाइनमा खटिने व्यक्तिहरुले पालना गर्नुपर्ने आचरण सम्बन्धी नियम, क्वारेन्टाइनमा रहने व्यक्तिहरुले पालना गर्नुपर्ने आचारसंहिता पनि उल्लेख छ ।
यस्तो छ सरकारले क्वारेन्टाइन सम्बन्धी तयार पारेको मापदण्ड
फेसबुकबाट तपाईको प्रतिक्रिया !