• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सम्सी गाउँपालिका अध्यक्ष शेख फारुखलाइ जनता समाजवादी पार्टीको ज्ञापन पत्र


नागेन्द्र कुमार यादव

महाेतरीकाे सम्सी गाउँपालिकामा ज्ञापन पत्र बुझाएकाछ । गाउँपालिकामा हुदैअाइरहेका अनमितता ,र भ्रष्टाचारको बिराेधमा जनता समाज वादी पार्टीका नेताहरुले गाउँपालिका अध्यक्ष शेख शेख फारुखलाइ ज्ञापन पत्र बुझाएका छन । पत्रमा लेखपएका छन गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र कार्यकारी प्रमुख लगायतका व्यक्तिले लिदैअाइरहरेका गाउँपालिकाबाट सुविधा लक डाउन चलिरहदा जतालाइ राहतसमेत नदिइ कराेराै रकम निकासागरी के गरेकाे लगायत मांग रहेका छन ।ज्ञापन पत्रमा ३दिनकाे समय दिदै गाउँपालिका अध्यक्ष शेखफारुखलाइ पत्र बुझाएका छन । गाउँपालिकामा जन प्रतिनिधि र प्रमुख प्रशासकिय अधिककाे अाराेप प्रतिअाराेपका कारण स्थानिहरु समस्यमा परिरहेका छन स्थानियहरु पटक पटक गाउँपालिकामा ताला गाउनुकाेसंगै नाराबाजिसमेत गरेकाले राहत दपन शुरु गरेका छन ।
सम्सी गाउँपालिकाका अध्यक्षले वैशाख १९ गते आफ्नै प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । प्रशासकीय अधिकृतले घरायसी प्रयोजनका लागि खरिद गरेको भाँडाकुँडा, इन्टरनेटको भुक्तानी गाउँपालिकाबाट गर्नुका साथै गाडी सुविधा, होटल खर्च, फर्निचर खरिदमा अनियमितता गरेको भन्दै गाउँपालिका अध्यक्षले उजुरी दर्ता गराएको बताए ।
गाउँपालिकाका प्रशासकीय अधिकृत रामजी जोशीले कार्यालयमा आएको तीन महिनामा प्रक्रिया पूरा नगरी मनोमानी रकम भुक्तानी गर्न थालेपछि गाउँपालिका अध्यक्ष शेष फारुकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महात्तरीमा उजुरी दर्ता गराएको बताए ।
प्रशासकीय अधिकृत जोशीले सम्सी गाउँपालिकाको गाउँ सभा सम्पन्न भएपछि सार्वजनिक खरिद नियमावली २०६४ लाई बेवास्ता गरी माग फारम, खरिद आदेश, दाखिला प्रतिवेदनमा एकल दस्तखत गरी भुक्तानीका लागि दबाब दिएको गाउँपालिका अध्यक्ष फारुकले बताए । आर्थिक प्रशासन शाखाको सफ्टवेयर प्रयोग गरी आर्थिक कार्यमा लेखालाई चेकमा मात्र हस्ताक्षर गर्न लगाएर डेढ महिनाको अवधिमा अधिकृत जोशीले होटल खर्च देखाएर मात्रै ८ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
सार्वजनिक खरिद नियमावली विपरित खरिद भएको फर्निचरको बिल भुक्तानीका लागि अधिकृत जोशीले बिल पेश गरी एकल दस्तखत गरी दाखिला प्रतिवेदनको रकम फरक गरी गोश्वारा भौचर समेत आफैले उठाइ भुक्तानीका लागि जिन्सी र लेखालाई दबाब दिएकाले छानबिनको माग गर्दै अध्यक्ष फारुकले उजुरी दिएको बताए।
गाउँपालिकाको कार्यालयमा बिल पेश गरी दाखिला अनुसारका फर्निचरका समानहरुको खरिद गर्नुपर्ने आवश्यता नरहेको र वडा कार्यालयहरुमा अनुगमन गर्दा दाखिला अनुसारको फर्निचर वडा कार्यालयमा नरहेपनि भुक्तानीका लागि दबाब दिएको उजुरीमा उल्लेख छ । गाउँपालिकमा प्रशासकीय अधिकृतले गरेको मनोमानीबारे जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई जानकारी गराएपनि समस्या समधान नभएपछि अख्तियारमा उजुरी गर्नुपरेको अध्यक्ष फारुकले बताए ।
प्रक्रिया पुरा नगरी खरिद भएको फर्निचरको भुक्तानीका लागि अधिकृत जोशीले जिन्सी शाखामा तीन महिनामा तीन जना कर्मचारी फेरबदल गरेका छन् । अधिकृत जोशीले घरको भाँडाकुँडा खरिदको ९६ हजार र व्यक्तिगत प्रयोगका लागि बर्दिबासस्थित घरमा लगाएको इन्टरनेट बापतको शुल्क २६ हजार ८ सय ५८ रुपैयाँ गाउँपालिकाबाट भुक्तानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ ।
अधिकृत जोशीले फर्निचरको भुक्तानिका लागि पेश गरेको बिल भरपाइहरुको भुक्तानी कानुन संगत नहरेको भन्दै गाउँपालिका अध्यक्षले भुक्तानी रोकेका छन् । फर्निचरको भुक्तानी रोकिएपछि जोशीले कोभिड–१९ प्रयोजनमा भएको खर्चको भुक्तानी हुन दिएको छैनन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

९ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

९ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

९ जेष्ठ २०७७, शुक्रबार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

९ जेष्ठ २०७७, शुक्रबार
Next Post

प्रदेश राहत कोषमा नेपाल बंगलादेश बैंकको ५ लाख सहयो

साेनमा गाउँपालिकाकाे क्वारेन्टाइनमा २१जनाकाे रिपाेर्ट निगेटिभ सबैलाइ पठाइयाे घर


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh