धर्वेन्द्र कुमार यादव (यदुवन्शी)

महाेत्तरीकाे गाैशालामा एक पुरुषकाे शव मकैखेतमा फेला परेकाे छ । आईतबार वेलुकी गाैशाला नगरपालिका ४ विर्तामा मृत अवस्थामा स्थानिय ४६ बर्षिय दिलिप ठाकुरकाे शव फेला परेकाे हाे ।
घरवाट वजारका निस्केकाे ठाकुरलाई कसैले हत्या गरेर फालेकाे हुनसक्ने प्रहरीकाे अनुमान रहेकाे छ ।
मृतककाे शव पाेस्टमार्डमकाे लागि जलेश्वर पठाउने तयारी भइरहेकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षक प्रकाश रेग्मीले बताउनुभएको छ । घटनाकाे सम्बन्धमा थप अनुसन्धान भईरहेकाे प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभयाेे ।