नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
मोहत्तरीको साम्सी गाउँपालिकाको कार्यालय स्थानियहरुले राहत नदिएकाे भन्दै घेराउ गरेका छन् ।
महिनाै दिन भन्दा बढीकाे लकडाउनका कारण रोजगारी गुमेपछि खान समस्या भएकाेले गाउँपालिकाले कसैलाई राहत वितरण नगरेको भन्दै स्थानीयले सोमबार गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन्। गाउँपालिका अध्यक्ष शेख फारुककाे निर्देशनमा गाउँपालिकाकाे
वडा कार्यालयले घर–घर पुगेर नाम संकलन गरी हस्ताक्षर गराएको महिना दिन बितिसक्दा समेत राहत वितरण हुन सकेको छैन । खाद्यान्न नभएपछि आक्रोशित बनेका स्थानीयले गाउँपालिका कार्यालय घेराउ गरेका हुन् ।

गाउँपालिकाबाट राहत वितरण गर्न ७ वटा वडालाई १० लाखको दरले बजेट पठाएको महिनाै दिन पुगेपनि यहिलेसम्म कसैले केही गर्न सकेका छैन । गाउँपालिका अध्यक्ष फारुकलाइ समेत भन्नदा उहाले केही भरपरदाे उतर नदिएकाे स्थानियहरुकाे भनाइरहेका छन । यश विषयमा कुरा गर्न फारुकलाइ पटक पटक फाेन लगाउदा उहाले पहिले जस्तै फाेन उठाउनु भएन । वडा कार्यालयहरुले राहतको सट्टा मास्क र सेनिटाइजर मात्रै बाँडेको पाइएको छ ।