नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
महोत्तरी, १६ बैशाख । महाेतरी क्षेत्र नम्बर ४ काे सांसद डा सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी नेपाल सरकारले दर्ता नगरेको बिरोधमा जनता समाजवादी पार्टीका नेता कार्यकतारुहले महोत्तरी जिल्लामा मशाल जुलुस प्रदर्शन गरेका छन् ।
डा सांसद यादवलाई अपहरण गर्नेलाई कारवाहीको माँग गर्दै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले महोत्तरीको सम्सी गाउँपालिकामा अाज साँझ मशाल जुलुस प्रर्दशन गरेको हो ।

निकालिएकाे मशाल जुलुसमा समाजिक दुरीलाई ध्यान दिदै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले सम्सि गाउँपालिका वाडा नम्बर ६काे विभिन्न भागको परिक्रममा गर्दै दोषीलाई कारवाही लगायतको नारावाजी समेत गरेको जनाईएको छ । सम्सि गाउँपालिकाकाे मुल गेटबाट शुरुगरिएकाे मशाल जुलुस सम्सि स्मारक नजिक अाएर समापन गरिएकाे थियाे ।
सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणको उजुरी सरकारी वकीलको कार्यालयले पनि लिन अस्वीकार गरको छ ।
नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद यादवको अपहरण गरेको जसपाको दावी छ ।
समाजवादी पार्टी विभाजन गर्नका लागि सांसद यादवलाई काठमाडौं लगिएको बस्नेत र खनालले सार्वजनिक संचार माध्यममा समेत स्वीकार गरि सक्नुभएको छ । यादवले पनि आफ्नो इच्छाविपरीत काठमाडौं ल्याइएको बताउँदै आउनुभएको छ ।

अपहरण सम्बन्धी उजुरी दिन मंगलवार जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपनि उजुरी लिएको छैन् ।
यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेकामा प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो ।







































































































