नवगठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै उजुरीका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेका छन्।
उजुरीका लागि आइतबार दिउँसो पार्टीका शीर्ष नेताहरु डा. भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारी, हिसिला यमि लगायतका नेताहरु महानगरीय प्रहरी परिसरमा पुगेका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !