• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरणकाे सहमति



प्रतीक्षा खबर
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गर्ने सहमति भएकाे छ ।
समाजवादी पार्टी र राजपा नेपालबीच भएको सहमतिअनुसार नयाँ गठन गरिने एकिकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुनेछ।
‘एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ,’ सहमतिमा भनिएको छ।
एकिकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ।
सो सहमति पत्रमा राजपा नेपालका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत सिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीका तर्फबाट बाबुराम भटराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले गरेका छन्।
राजपा नेपालको अध्यक्षमण्डलका सदस्यहरु राजकिशोर यादव र अनिल झाको हस्ताक्षर सो सहमति पत्रमा छैन।
हस्ताक्षरपछि गरिएको सामुहिक फोटोमा पनि ती दुई नेता देखिएका छैनन्।
किन भयो रातारात एकीकरण?
सरकारले सोमबार अचानक अध्यादेश ल्याई राजनीतिक दल बिभाजनलाई सहज बनाएपछि दुई दलबीच रातारात एकीकरण गर्ने सहमति भएको हो।
सरकारले सोमबार पारित गरेको अध्यादेशले कुनै पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलको ४० प्रतिशत सदस्यले चाहेमा सो पार्टी विभाजन गर्न सक्ने प्रावधान ल्याएपछि पार्टी विभाजन सहज भएको हो।
यसअघिको प्रावधानअनुसार कुनै पार्टीको केन्द्रीय सदस्य र संसदीय दल दुवैतर्फका ४० प्रतिशतले चाहेमा मात्र कुनै दल विभाजन गरी नयाँ दल गठन हुन सक्थ्यो।
नयाँ प्रावधानअनुसार समाजवादी पार्टीका सांसदहरुले ४० प्रतिशत पुर्‍याई नयाँ पार्टी गठन गर्ने तयारी गरेको सुइँको पाएर राजपा र समाजवादीबीच एकीकरणको सहमति भएको हो।
समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादव, सचिव इस्तियाक राइ लगायतले नयाँ दल गठन गर्ने तयारी गरेको बताइएको थियो।
उनीहरुले नयाँ दल गठन गर्नुअघि नै दुई दलबीच एकीकरण गरिएको हो। अब नयाँ पार्टी दर्ता भएपछि त्यसबाट छुट्टिन चाहनेले एकिकृत पार्टीकाे ४० प्रतिशत पुर्याए मात्र दलकाे मान्यता पाउनेछ।
तर, रेणु पक्षले पनि प्रयास जारी राखेको बताइएको छ।
एकीकरण गर्ने पक्षभन्दा पहिले नै नयाँ दल गठन गर्ने पक्ष निर्वाचन आयोग गएर दर्ता गर्न भ्याएमा त्यसले मान्यता पाउनेछ।
स्राेतहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादीबाट फुटेका सांसदहरुकाे पहिले नयाँ दल गठन गर्ने र त्यसपछि नेकपामै प्रवेश गराउने याेजना अनुसार अध्यादेश ल्याएका हुन्।
त्यहि चाल पाएर राजपा नेपाल र समाजवादीबीच एकीकरण गरिएकाे हाे।
पहिलेदेखि एकीकरणका लागि वार्ता गरिरहेका यी दुइ पक्षबीच अन्तत: सरकारले ल्याएकाे अध्यादेशकै कारण एकता हुन पुगेकाे छ भने रेणु यादव पक्षकाे ४० प्रतिशत पुर्याएर नयाँ दल गठन गरी प्रधानमन्त्री ओलीसँग एलायन्स गर्ने याेजना पुरा हुन्छ हुँदैन अनिश्चित छ। नेपाल खबर

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

११ बैशाख २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

११ बैशाख २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

११ बैशाख २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

११ बैशाख २०७७, बिहीबार
Next Post

राष्ट्रिय जनता पार्टी र समाजवादीका नेताहरु निर्वाचन अायाेगमा

नेपालमा काेराेना संक्रमितकाे संख्या ४९ पुग्याे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh