
प्रतीक्षा खबर
उदयपुर, वैशाख १० गते ।
नेपालमा थप तीन जना कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार धरानमा गरिएको पीसीआर परीक्षणमा ३ वटा नमूना पोजेटिभ पाइएको हो ।
उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाब नमूना० को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।
‘योसँगै अब संक्रमितको संख्या ४५ पुगेको छ,’ स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
यी ३ जनामा पुष्टि भएसँगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेको छ।
देशभरका संक्रमित ४५ मध्ये ७ जना निको भई घर फर्किसकेका छन्।