• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकामा वडा अध्यक्षकै सहयाेगमा डाेम समुदायलाइ खानेपानिबाट बन्चित गराइयाे


प्रतीक्षा खबर

महोत्तरीको सोनमा गाउँपालिकामा एक स्थानीयले दलित समुदायको वस्तीमा रहेको चापाकलको ह्यान्डल खोलेर लगेपछि अति विपन्न डोम समुदाय खानेपानीबाट वञ्चित भएको छ।
जग्गा विवादका क्रममा स्थानीय विजय यादवले कलको ह्यान्डल खोलेर लगेपछि सोनमा गाउँपालिका–५, खयरवनीका डोम समुदायका पाँच घरपरिवार पोखरीको पानी पिउन बाध्य भएका हुन्।


शुद्ध पानी पिउनबाट वञ्चित भएका ती घरपरिवार प्रदेशसभा सांसद कौशल यादव र वडाध्यक्ष रामविनेक यादवका छिमेकीसमेत हुन्।
वडाध्यक्ष रामविनेक यादवको घर त्यो डोम वस्तीबाट सय मिटर मात्र पर छ भने प्रदेश सांसद यादवको घर ५ सय मिटरको दूरीमा छ। चापाकलको ह्यान्डल खोल्ने विजय पनि वडाध्यक्षकै छिमेक हुन्। उनको यस कार्यमा वडाध्यक्षले समेत सघाएको स्थानीयको आरोप छ।
एक साताअघि घर निर्माणको जग्गा विवादका क्रममा यादवले चापाकलको ह्यान्डल खोलेर लगेपछि पोखरीकै पानी खान बाध्य भएको स्थानीय लीला मल्लिक डुमले दुखेसो पोखिन्।


‘विजय महाजनले तथानाम गालीगलौज र धाकधम्की दिँदै हामीले पानी खाने चपाकलको ह्यान्डल झिकेर लग्नु भो। हामी तल्लो जात भएकाले अन्य इनार र कल बर्जित छ। हामी डोम समुदाय बाध्य भएर अहिले पोखरीकै पानी खान्छौं, त्यही पाीनमा खाना पकाउछौं, नुहाइधुवाइ सबैथोक गरिरहेका छौं,’ लीलाले पीडा सुनाउँदै भनिन् ‘यो जग्गामा हाम्रो चार÷पाँच पुस्तादेखि बसिरहेको छ। भोग चलनकै जग्गामा हामीले घर बनाउँदा विजय माहाजन लगायत उहाँका आफन्त आएर यो जग्गा हाम्रो भन्दै धाकधम्की दिने गर्छन्। अन्तमा पानी खानबाट नै वञ्चित गर्नुभो।’
डोम समुदाय त्यहाँको करिब सवा कठ्ठा ऐलानी जग्गामा बसोबास गरिरहेका छन्। स्थानीय यादव समुदायका केही व्यक्तिले अतिक्रमण गरेपछि ती पाँच घर डोम परिवार १५ धुरमा सीमित भएका छन्।
उनीहरूको भोगचलनमै रहेको जग्गामा प्रदेश २ सरकारले जनता आवास कार्यक्रमअन्तर्गत गत महिनादेखि छाप्रो घर भत्काएर पक्की घर निर्माण गर्न थालेको छ। तर तीमध्ये अजय मल्लिक र विजय मल्लिकले आफ्नो ऐलानी जग्गामा घर बनाइरहेको भन्दै स्थानीय विजय यादवले डोम परिवारलाई जीवनयापनमा बाधा पुर्याइदिदएको पीडित समुदायको आरोप छ।
न्यायका लागि जनप्रतिनिधि र प्रहरी प्रशासनलाई हारगुहार गर्दा कसैले नसुनेको डोम समुदायको गुनासो छ। घर निर्माण सुरु भएदेखि नै विजय तथा उनको परिवारका सदस्यले पटकपटक घर भत्काइदिएको लीलाले गुनासो गरिन्।
डोम समुदायलाई खानेपानीबाट वञ्चित गरेको विषयमा जिज्ञासा राख्दा वडाध्यक्ष रामविनेकले प्रदेश सांसद कौशल यादवकै कारण पटकपटक विवाद उत्पन्न हुने गरेको आरोप लगाए।


‘खानेपानीबाट वञ्चित गरिएको विषयमा कौशल माननीय जीसँग सोध्नुस्। जग्गा विवाद टुंगो लगाउन अमिन लिएर जाँदा उहाँले नै नाप्न दिनुभएन। त्यत्किै डोम समुदायको घर बनाउन सुरु गराउनुभयो। त्यसैले विवाद समाधान भएन,’ वडाध्यक्ष यादवले भने।
यता प्रदेश सांसद कौशल यादवले खानेपानीबाट वञ्चित गरिएको विषयमा शनिबार मात्रै जानकारी भएको र यस विषयमा आफूले पहलकदमी लिने बताएका छन्।
‘डोम बस्तीमा मेरो अगुवाइमै जनता आवासअन्तर्गत घर बनिरहेको छ। तर पानी खानबाट वञ्चित गरिएको विषयमा अहिलेसम्म मलाई जानकारी छैन। म यस विषयलाई गम्भीरतापूर्वक लिएर पहलकदमी लिन्छु,’ सांसद यादवले नेपालखबरसँग भने।
सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले भने डोम समुदायलाई खानेपानीबाट वञ्चित गरिएको विषयमा आफूलाई जानकारी नभएको दाबी गरे। यस विषयमा बुझेर छलफल गरी समस्या समाधान गर्ने उनले बताए।
यस्तै महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले यस विषयमा प्रहरीमा कुनै जानकारी नआएको र तुरन्त बुझेर कारबाही प्रक्रिया अघि बढाउने बताए।सभार टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण
अन्तर्राष्ट्रिय

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण

७ बैशाख २०७७, आईतवार
वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ बैशाख २०७७, आईतवार
कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह
अन्तर्राष्ट्रिय

कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

७ बैशाख २०७७, आईतवार
पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा
अन्तर्राष्ट्रिय

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा

७ बैशाख २०७७, आईतवार
Next Post

प्रदेश सरकारद्वारा दोश्रो चरणको राहत प्याकेजको घोषणा उपकरण खरिदका लागि ६८ करोड निकासा, नारायणी ला

काेराेना भाइरसबारे अपवाह फैलाउने एक जना पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh