
प्रतीक्षा खबर
काठमाडौं, बैशाख २ गते ।
सरकारले कोरोना भाइरसका कारण लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
सरकारले चैत ११ देखि निरन्तर लकडाउन नियम लागु गरेको छ ।
सुरुमा एक हप्ताका लागु घाेषणा गरिएकाे लकडाउन सरकारले दुई पटक एक-एक हप्ताका लागि थपिसकेकाे थियाे । यसपाली एकैपटक दुई हप्ताका लागि थप गरेकाे छ ।