
प्रतीक्षा खबर
साेनमा, बैशाख १ गते ।
कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या ९ हजार नाघेको छ भने करिब साढे ३ सय जनाको मृत्यु भएको छ । पछिल्ला दिन भारतमा दैनिक कोरोनाका ५ सयभन्दा बढी बिरामी थपिदै आएका छन् ।
आइतबारसम्म भारतमा कोरोना भाइरसका कूल संक्रमितको संख्या ९ हजार २ सय ५ पुगेको छ । यही अवधिमा भारतमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ३ सय ३१ रहेको छ ।
आइतबार एकैदिन भारतमा कोरोनाका कारण ४३ जनाको मृत्यु भएको छ भने ७ सय ५९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। शनिबार एकैदिन भारतमा ८ सय ४६ जनामा कोरोन भाइरसको संक्रमण भएको पाइएको थियो भने ३९ जनाको मृत्यु भएको थियो ।