प्रतीक्षा खबर

रामगाेपालपुर, चैत २९ गते ।
भारतको मुम्बईमा एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमित भएका छन् ।
मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएका अछाम घर भएका एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
एकै परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमती र चार बालबालिकामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितमध्ये केहीको मुम्बईकै कस्तुरवा अस्पताल उपचार भइरहेको छ । केही आइसोलेसनमा छन् । तर, उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
उनीहरु लगायत भारतमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको छ