प्रतीक्षा खबर
रौतहट, चैत २८ गते ।
रौतहटको एक मस्जिदमा लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीका असईमाथि हातपात भएको छ ।
बिहीवार साँझ रौतहटको परोहा नगरपालिकास्थित तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका असई उपर हातपात भएको प्रहरीले जनाएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा तेजापाकड स्थित मस्दिजमा एकैठाँउमा सैयौँको संख्यामा मुस्लिमहरु जम्मा भएर नमाज पढिरहेको बेला सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंहमाथि मुस्लिम युवाहरुले हात पात गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले अगामी वैशाख ३ गते सम्मको लागि लकडाउनको घोषणा गरेको छ । तर यसै अवधिमा गत राति ७ बजे मुस्लिम धर्मावलम्बीहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकैठाँउमा दुुईसय बढी भेला भएका थिए ।
विशेष सूचनाको आधारमा प्रहरीचौकी लौकाहाका असई मुनमुन सिंह मस्जिदमा गएर त्यसो नगर्न एकठाँउमा ठूलो संख्यामा मानिस जम्मा नहुन आग्रह गएका थिए । असई सिंहले लकडाउन उल्लंघन नगर्न भीडले कोरोनाभाइरसको संक्रमण बढ्नसक्ने कुरो सम्झाई रहँदा केही युवाहरुले उनीमाथि हातपात गरेका थिए ।
घटनालगतै जिल्ला प्रहरी कार्यालय गौर, आसपासबाट नेपाल प्रहरी सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालनपछि तेजापाकडको अवस्था साम्य भएको प्रहरीले जानकारी दिएको छ ।
असई सिंहमाथि हातपात गरेको अभियोगमा मस्जिद बाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा परोहा नपा–३ २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारी रहेको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले जानकारी दिए ।
पक्राउ परेका तिनैजना जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको र घटनाको प्रकृयाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
लकडाउन सुुरु भए यता भारत लगायत बिभिन्न स्थानको जमा बाट फर्किएका दर्जनौ मौलवी मौलानाहरु तराईका क्वारेन्टाइनहरुमा राखिएका छन ।
केहीसमय अघि एकधार्मिक कार्यक्रममा नेपाल आएका नौजना पाकीस्तानी नागरिक पनि रौतहट प्रहरीको निगरानीमा छन् ।
उनीहरुलाई कोरोनाभाइरस भए नभएको जाँचका लागी एक मस्जिदमा कवारेन्टाईनमा सरह राखिएको रौतहटका प्रजिअ बाशुदेव घिमिरेले जानकारी दिए ।
भारतको नयाँ दिल्लीबाट फर्किएका नेपाली जमातीहरुलाई पनि विभिन्न जिल्लाको क्वारेन्टाईनमा राखिएका छन् । तर केही मानिस अहिलेसम्म सम्पर्कमा आउन नसकेको रौतहट प्रहरीले जनाएको छ । टुडेपाडी
फेसबुकबाट तपाईको प्रतिक्रिया !