• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पर्याप्त व्यवस्थापन र समन्वय नहुँदा प्रादेशिक अस्पताल जनकपुरमा नमुना परीक्षण प्रभावित


जनकपुरधाम, चैत २६ गते ।

कोरोना परीक्षणका लागि पिसीआर मेसिन जडान गरिए पनि पर्याप्त व्यवस्थापन र समन्वय नहुँदा प्रादेशिक अस्पताल जनकपुरमा नमुना परीक्षण प्रभावित भएको छ ।
पिसिआर मेसिन संचालन, आवश्यक उपकरण परिपूर्ति र जाँचमा खटिएका स्वास्थ्यकर्मीसँग प्रदेश सरकार लगायत कुनै पक्षले समन्वय नगर्दा नमुना परीक्षण प्रभावित भएको हो । मेसिन जडान र उदघाटनयता प्रयोगशालामा खटिएका स्वास्थ्यकर्मी, प्रादेशिक अस्पताल र समाजिक विकासमन्त्रालयबीच समन्वय र आवश्यक व्यवस्थपन नहुँदा नमुना परीक्षण सुस्त गतिमा भइरहेको छ ।
एक दिनमा १२ वटासम्म नमुना परीक्षण गर्नसक्ने क्षमता भएको पिसीआर मेसिनमा पाँँच दिनको अवधिमा मंगलवारसम्म मात्र ३४ वटा नमुना परीक्षण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार परीक्षण भएकामध्ये ३२ वटाको नेगेटिभ रिपोर्ट आएको छ भने दुइटाको रिपोर्ट आउन बाँकी छ ।
विद्युतको समस्या र समन्वय र परिक्षणमा व्यवस्थापकीय त्रुटी भएकाले नमुना परिक्षण्मा ढिलाई भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालका प्रमुख राम विनय साहले बताए ।
नमुना परीक्षणमा भोगेका समस्याबारे समाजिक विकास मन्त्रालय, प्रादेशिक अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई पटक पटक ध्यानाकर्ष गराउँदा समेत कसैले वास्ता नगरेपछि निराश भएको नमुना संकलन र परिक्षण्मा खटिएका स्वस्थ्यकर्मीहरु बताउँछन् ।
‘ल्याबमा हाइ टेम्प्रेचर पोशाक लगाएर लगातार ६–८ घण्टासम्म उभिएर काम गर्छौँ। हामी हाइ रिस्कमा छौँ। तर आरामका लागि कुरै छोड्नुस बस्ने ठाउँ पनि छैन । दुई दिन बसेको कोठामा पनि ताल्चा हानदिएको रहेछ,’ तालिम दिँदै नमुना परीक्षणमा खटिएका एक विज्ञले भने, ‘दिनभर ल्याबमा काम गरिसकेपछि १ घण्टा कम्तीमा फ्रेश हुनुपर्छ, जुस खानुपर्छ। तर हामीलाई कुनै वास्ता गरेको छैन्। पिपिइ ड्रेस छैन । घरी लाइनको समस्या आउँछ। दिनमा ३ पटक मन्त्रालयमा फोन गर्छु तर केही रिस्पोन्स छैन् ।
नमुना परीक्षणमा दिनभरी आइरहेको समस्या कसैले नसुनदिँदा मनोबल मात्र गिरेको मात्रै छैन् कामै गर्न मन नलागेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
‘हामीलाई आवश्यक पिपिई ड्रेस तुरन्त चाहिएको छ । स्वास्थ्यकर्मीलाई समन्वय र हौसलाको खाँचो छ। कमिकमजोरी तुरन्त व्यवस्थापन हुनुपर्छ,’ जाँचमा खटिएका ल्याब विज्ञ सुरेन्द्र मुधुमले भने । प्रदेश २ का आठवटै जिल्ला भारतसँग सिमाना जोडिएको हिसाबले उच्च जोखिममा रहेकाले पिसिआर मेसिनले थेग्न नसक्ने उनको भनाइ छ ।
पिसिआर मेसिन अझै थप गरेपनि यसले प्रदेश थेग्न सक्ने अवस्था नरहेकाले नमुना परिक्षणकालागि एकपटकमा ७२ वटा नमुना परिक्षणको नतिजा दिनसक्ने रियल टाइम पिसिआर मेसिनको तुरन्त आवश्यक रहेको ल्याब विज्ञ मुधुमले बताए । प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको व्यक्तिको संख्याको अनुपातमा अहिले न्युन गतिमा नमुना परिक्षण भइरहेकाले जोखिम बढी रहेको ल्याबका अर्का विज्ञ विवेक तिम्लसिनाले बताए ।
स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म १ सय १९ जनाको स्वाव परिक्षण भएकोमा ४३ वटा रिपोर्ट मात्र आएको छ । नतिजा आएका ७० वटा रिपोर्ट नेगेटिभ आएको निर्देशनालयका वरिष्ठ प्रशासक विजय झाले बताए । उनका अुनसार प्रदेश २ मा ३१ सय ६३ बेड क्षमताको १ सय ४२ वटा क्वारेन्टाइन व्यवस्थापन गरिएको छ । क्वारेन्टाइनमा ८ सय ६९ र होम क्वारेन्टाइनमा १ हजार १ सय ७७ जना भर्ना भएको उनको भनाइ छ । यस्तै १ सय २० बेड क्षमताको आइसोलेसन वार्ड रहेकोमा हालसम्म २५ जनालाई आइसोलेसनमा राखिएको झाले बताए ।
प्रदेश सरकारले सप्तरीस्थित राजविराज र पर्साको वीरगंजमा कोरोनाको मनुना परिक्षणकालािग दुइवटा पिसिआर मेसिन थप गर्ने निर्णय गरेपनि खरिद गरी जनडान गर्न एक साता बढी समय लाग्ने झाले जानकारी दिए । ‘सरकारले खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । एकदमै तिब्र गतिमा गर्ने हो भने मेसिन किन्न कम्तीमा एक हप्ता समय लाग्छ,’ उनले भने । प्रदेश २ मा ८ हजार पिपिइ ड्रेस माग गरिएकोमा स्वास्थ्य मन्त्रालयले ७५ र चौधरी ग्रुपले ६० वटा मात्र उपब्ध गराएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । उपलब्ध गराइएका सबै पिपिइ ड्रेस, थर्मल गन र मास्क वितरण गरिसकेको जनस्वास्थ्य कार्यालयका प्रशासक श्रवण नायकले जानकारी दिए । सभार टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

२६ चैत्र २०७६, बुधबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

२६ चैत्र २०७६, बुधबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

२६ चैत्र २०७६, बुधबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

२६ चैत्र २०७६, बुधबार
Next Post

एनएमबि बैंकद्वारा प्रदेश २ सरकारलाई १०० थान पीपीइ हस्तान्तरण

साेनमा गाउँपालिकामा अाफनै छाेरालाइ बीस खुवाइ हत्या


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh