DK यादव- महोत्तरी,
महोत्तरीको उच्च जोखिममा रहेको सम्सी र सोनमा गाउपालिका मध्ये सम्सीमा नबनाइए पनी सोनमा गाउपालिकामा ५० बेडको क्वारेन्टाइन बनाइएको छ।
मा बि खखना लोटनामा बनाइएको ५० बेडको क्वारेन्टाइनमा अहिले सम्म ८ जना मध्ये २ जाना डिसचार्ज भइ ६ जना लाई राखिएको छ। भारत तथा तेस्रो मुलुकबाट आएका कोरोनाको संक्रमणको संका लागेका ब्यक्तिहरुलाई क्वरेन्टाइनम राखिएको कुरा गाउँपालिकाका स्वास्थ्य संयोजक शंकर यादवले जनाएको छ।
क्वारेन्टाइनमा राखिएको मानिसहरुको स्वास्थ्य ठिकरहेको छ तर १४ दिन सम्म क्वारेन्टाइनमा राख्नु पर्छ त्यसैले राखेको कुरा मगर थाना स्वास्थ्य चौकीका प्रमुख र अहिले क्वारेन्टाइनमा खटिएका स्वाथ्यकर्मी राजकिशोर साहले बताउनु भएको छ।
भारतको बिहार राज्य सोनमा गाउपालिका सगै जोडिएको कारन यस गाउपालिकालाइ जोखिम को रुपमा लिएको छ।
गाउपालिका भित्र प्रत्येक वाडामा भारत लागायत अन्य मुल्क बाट घर फर्केका मानिसहरु लाई पहिचान गरि लगभग १४ दिन सम्म क्वारेन्टाइनमा राखी हेरचाख गर्ने उदेश्यले पहिचान समिती समेत निर्माण गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !