• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कोरोना विरुद्ध प्रदेश २ सरकारको तैयारी युद्ध स्तरमा


नागेन्द्र कुमार यादव

जनकपुरधाम, चैत २१ । विश्वभरिनै कोलाहल मचाउदै नेपालमा समेत उपस्थिति जनाइ सकेको कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि प्रदेश सरकारले युद्ध स्तरमा तैयारी गरि रहेको छ ।
महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरिब तथा दैनिक ज्यालाका मजदुरहरुलाई स्थानीय तह मार्फत राहत उपलब्ध गराइ रहेको प्रदेश सरकार दोस्रो चरणमा महामारी नियन्त्रणका लागि विभिन्न एंगलबाट तैयारीमा जुटि सकेको छ ।
चैत २० गते मात्रै मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले प्रादेशिक अस्पताल जनकपुर कोरोना परीक्षणका लागि पिसिआर मसिन जडान भइ परीक्षण शुरु गरि सकेको अवस्थामा प्रदेशका प्रमुख व्यापारिक नगरी विरगंज र सप्तरीको राजविराजमा समेत पिसिआर मेसिन जडान गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । साथै कोरोना महामारीको सम्भावित खतरालाई मध्य नजर गर्दै प्रदेश भरिमा ५० वटा भेन्टिलेटर सहितको आइसियु तैयार गर्न समेत निर्देशन दिएको छ । जसमा प्रादेशिक अस्पताल जनकपुरमा १०, विरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १० र अन्य ६ वटा जिल्लामा ५÷५ वटा भेन्टिलेटर जडान गरिने निर्देशन दिइएको मुख्यमन्त्री राउतले जनाउनु भएको छ ।


यसै गरि निर्देशक समितिले अहिलेको विशेष परिस्थितिमा विगत जस्तो खरिद प्रक्रियाले तैयारी गर्न नसकिने भन्दै खरिद प्रक्रियालाई समेत खुकुलो बनाउने निर्णय गरेको छ । यस निर्णयले खरिद ऐनको विशेष परिस्थिति बमोजिम दु्रत मार्ग बाट आवश्यक सामग्रीहरु खरिद गर्न सकिने छ ।
प्रदेश सरकारले महामारी नियन्त्रणका लागि प्राविधिक रणनीति आवश्यक रहेको महशुस गर्दै महामारी विरुद्ध विशेष रणनीति बनाउन स्वास्थ्य क्षेत्रका विज्ञहरु सम्मिलित स्वास्थ्य सल्लाहकार समिति समेत गठन गरेको छ । समितिमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा. विजय कुमार सिंह, डा. गरिब दास ठाकृुर, डा. जेके लाल रहनु भएको छ । उक्त समितिलाई थप विशेषज्ञहरु राय सुझाव सहित महामारी नियन्त्रणका लागि नीति निर्माण गर्ने जिम्मेवारी दिइएको छ । समितिले निर्देशन समितिको निर्देशन बमोजिम शुक्रवार बाट आफनो काम समेत शुरु गरि सकेको छ । यो समितिले चिकित्सकहरुको लागि प्रोटोकल निर्माण देखी नियन्त्रणको अन्य उपायहरुबारे आफनो सुझाव सरकारलाई दिनेछ ।
यसै गरि निर्देशक समितिको शुक्रवार सम्पन्न बैठकले प्रदेशमा नमूना क्वारेन्टाइनको व्यवस्थापन, आइसियुको निर्माण, धनुषाको लालगढ स्थित चर्मरोग अस्पताललाई इन्टेन्सिभ केयर युनिट निर्माणको लागि अध्ययन गर्न विज्ञ टोलीलाई जिम्मा दिने निर्णय समेत गरिएको छ । भने मुजेलियामा सुविधा सम्पन्न क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।


बैठकले महामारी संग लडन आठ बटै जिल्लामा १÷१ वटा एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गर्न समेत कार्यकारी समिति र समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘अहिले सम्मको लागी हाम्रो तैयारीमा कुनै कमी छैन तर भोलीको दिनमा हुन सक्ने सम्भावित खतरा लाई मध्य नजर गर्दै विशेष तैयारीमा जुटन समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएका छौ । रकमको अभाव हुन दिदैनौ ।
बैठकले प्रदेशमा चिकित्सक तथा नर्सहरुको अभाव देखिए स्वयंसेवकको रुपमा चिकित्सक र नर्स भर्ना गर्नको लागि आवश्यक तैयारीमा जुटन समेत समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको छ । मुख्यमन्त्री राउतले यसरी स्वयंसेवकको रुपमा भर्ना हुने चिकित्सक तथा नर्सहरुलाई प्रदेश लोकसेवामा थप नम्बर दिइने व्यवस्था समेत गरिन लागेको बताउनु भयो ।
उहाँले भन्नु भयो ,‘अहिले सम्म हाम्रो प्रदेशको अवस्था ठिक छ, अहिले्को अवस्थामा खासै समस्या हुँदैन तर कहि कतै महामारी फैलियो भने त्यस्तो अवस्थाको लागि हामी अहिले देखी नै तैयारी थालि सकेका छौ । विज्ञहरुको टोलीले दिइने सुझावको आधारमा प्रदेश सरकार सबै प्रकारको व्यवस्था गर्न प्रदेश सरकार पूर्ण तैयारीमा जुटेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

२१ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

२१ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

२१ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

२१ चैत्र २०७६, शुक्रबार
Next Post

जनकपुरमा कोरोना आशंकामा राखिएका ५ जनाको रिपोर्ट नेगेटिभ

अाैरही नगरपालिकामा उप मेयर झा बाटीन हजाराैकाे संख्यामा माक्स


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh